मुख्य खबर

किन भएन प्रधानमन्त्री ओलीको अस्पतालबाट ‘डिस्चार्ज’, यस्तो छ कारण

  स्वास्थ्यमा उल्लेख्य सुधार भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) अस्पतालबाट ‘डिस्चार्ज’ पाएनन् ।   प्रधानमन्त्री ओली आज त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज हुने चर्चा चले पनि अन्ततः आजै प्रधानमन्त्रीलाई डिस्चार्ज दिन नमिल्ने निष्कर्षमा अस्पताल पुगेको छ ।