रथी बढुवामा चलखेल, प्रधानसेनापतिको रोलक्रम मिच्ने खेल



 

नेपाली सेनाको रथी बढुवामा फेरि पनि विवाद भएको छ । पछिल्लो पटक रिक्त बलाध्यक्ष रथी पदको लागि एक्ला उम्मेदवार उपरथी अनुज बस्न्यातको प्रधानसेनापतिले बढुवा प्रक्रिया नै अघि नबढाईदिएपछि नेपाली सेना भित्रको पछिल्लो विवाद बाहिर आएको हो । यस अघि पनि बलाध्यक्ष रथी पदमा बढुवा गर्ने विषयमा पटक पटक विवाद आउने गरेको थियो ।

 

गत भदौं २४ गतेदेखि रिक्त रहेको सो पदमा बढुवा हुनुपर्ने बस्न्यातको प्रमाणपत्र छानविनको क्रममा रहेको भन्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले उनको बढुवा प्रक्रिया अगाडि नबढाएको सैनिक मुख्यालय स्रोतले जनाएको छ । प्रधानसेनापति थापा बढुवा भएपछि रिक्त बलाध्यक्ष रथी पदमा बढुवाका लागि अहिले थापाले जंगी अड्डाबाट सिफारिस नै गरेका छैनन् ।

 

बस्न्यातले यही मंसिर २५ गतेदेखि अनिवार्य अवकास पाउँदैछन् । यदि उनको यो मितिसम्म बढुवा भएको खण्डमा उनको एक वर्ष समयावधि थप हुनेछ । मंसिर २५ गतेभित्र बढुवा भएनन् भने बस्न्यात उपरथीबाटै विदाई हुनेछन् । यदि बस्न्यातको बढुवा भएन भने उपरथीबाटै केही महिनापछि अवकाश पाउने अन्य जर्नेललाई अतिरिक्त लाभ हुनेछ ।

 

सैनिक नियमावली अनुसार रिक्त भएको एक सातासम्ममा पदपूर्ति गरिसक्नु पर्ने व्यवस्था भएपनि शैक्षिक योग्यताको नाममा बस्न्यातको फाईल अड्काएर राखिएको स्रोतको दाबी छ । सैनिक मुख्यालयले बस्न्यातको शैक्षिक प्रमाणपत्रको बारेमा छानविन चलिरहेकोले यो बढुवा हुन नसकेको बताएको छ । तर, बस्न्यातले भने आफूलाई नियोजित रुपमा बढुवा प्रभावित गराउन खोजेको भन्दै रक्षा मन्त्रीसँग गुनासो गरेको रक्षा मन्त्रालय स्रोतले जनाएको छ ।

 

सैनिक मुख्यालयले सो पदमा बढुवा गर्नुपर्ने ३ महिना पछि कात्तिक १२ गते परीक्षा नियन्त्रण कार्यालयसँग प्रमाणपत्रको प्रतिलिपि माग गरेको थियो । हाम्राकुरालाई प्राप्त उनको प्रमाणपत्र अनुसार उपरथी बस्नेतले २०३७ सालमा पब्लिक युथ क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको देखिन्छ। त्यस्तै, उनले २०३४ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए । उनको त्रिभुवन विश्वविद्यालयमा भने दर्ता नं ३५००८४४ रहेको छ ।

 

बस्न्यातले रक्षामन्त्रीलाई भेट्नु अघि प्रधानसेनापतिलार्इ पनि यस विषयमा असहमति जनाएका थिए । उनले प्रधानसेनापति थापाकै अनुमति लिएर रक्षामन्त्रीसँग भेट गर्न गएको सैनिक मुख्यालय स्रोतले जनाएको छ ।

 

बस्न्यातले रक्षामन्त्री पोखरेल र मन्त्रालय समक्ष प्रवेशिका, प्रमाणपत्र र स्नातक तहका शैक्षिक प्रमाणपत्र, सैनिक परिचयपत्र, सञ्चयकोष परिचयपत्र, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको आफ्नो नागरिकता र नागरिकता कुन सालमा जारी भएको भन्नेबारे काठमाडौं प्रशासन कार्यालयबाट प्रमाणित कागजात पनि पेश गरेका छन् ।

 

उपरथी बस्न्यातले आफ्नो सम्पूर्ण शैक्षिक प्रमाणपत्र लगायतका प्रमाणित कागजात समेत पेश गर्दै बढुवा प्रक्रिया अघि बढाउन आग्रह गरेको स्रोत बताउँछ । बस्न्यातको बढुवा भएन भने नेपाली सेनाभित्र भावी प्रधानसेनापतिको रोलक्रममै असर पुग्ने सैनिक उच्च स्रोतको दाबी छ ।

 

केही महिना अघिमात्रै प्रधानसेनापति थापाविरुद्ध उपरथी बढुवा विवादमै सहायक रथी नैनराज दाहालले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

 

यसरी बढुवा गर्नु पर्ने सैनिक अधिकारीलाई बढुवा नगरेर प्रधानसेनापति रोलक्रममा हेरफेर गर्न लागेको आरोप पनि सैनिक भित्र सेनापति विरुद्ध उठ्न थालेको छ । यदि बस्न्यात बलाध्यक्ष रथी पदमा बढुवा भएको खण्डमा प्रधानसेनापतिले भावी प्रधानसेनापतिको रुपमा अघि सार्न लागेको व्यक्ति प्रधान सेनापति बन्ने बाटो बन्द हुने भएकोले सेनापतिले बढुवा प्रक्रियालार्इ प्रभावित गराउन लागेको आरोप सैनिक भित्रै लाग्न थालेको छ ।

 

हाल २७ जना उपरथी रहेकोमा त्यसमध्ये २० जनाको प्रधानसेनापतिमा दाबेदारी रहन्छ । २० जना मध्ये पनि धेरै जनाको उमेरहदका कारण अवकास हुनेछन् । यदि बस्न्यातको बढुवा भएको खण्डमा प्रधानसेनापतिले इच्छाएको व्यक्ति प्रधानसेनापति नहुने भएकोले उनको बढुवा प्रक्रिया अघि नबढाइएको ज‌ंगी अड्डामा चर्चा छ ।

 

देशमा राजा हटेको एक दशक भएपनि सैनिक भित्रभने अनुशासन र चेन अफ कमाण्डको नाममा प्रधान सेनापति सर्वेसर्वा रहेका छन् । यसको सीधा प्रभाव हरेक सरुवा र बढुवामा यस्ता विवादहरु बाहिर आउने गरेको छ । यसले सेनाको गरिमा माथि समेत प्रश्न चिह्न खडा हुन थालेको छ । हाम्राकुराबाट

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्