मुख्य खबर

प्रकाण्डलाई पक्राउ गर्न आफूले आदेश नदिएको गृहमन्त्रीको दाबी, सर्वोच्चसँग भने– कानुन पालना गर्ने व्यक्ति हुँ

  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृहमन्त्रीको हैसियतमा आफूले कसैलाई थुनामा राख्न गलत र ठाडो आदेश नदिएको दाबी गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई अदालतको आदेश अवज्ञा गर्दै पटक–पटक पक्राउ गरेर थुनामा राखेको भनी उनीविरुद्ध सर्वोच्च अदालतमा