तीन किशोरी जसलाई खाडी लैजाने भन्दै दुई/दुई लाखमा कोठीमा बिक्री गरे



हाम्रो इकोनोमि

 

वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान पाईने, त्यो पनि निःशुल्क । राम्रो कमाई हुने सपना बोकेर नुवाकोट र सिन्धुलीपाल्चोकका तीन किशोरी भारत लागे ।

 

दिल्ली पुर्याईए । भिसा त्यही बन्ने आश्वासन पाए । तर दलाले उनीहरुलाई दिल्लीको जिबी रोडस्थित कोठी पुर्याए । तीन बर्षको नारकीय जीवनपछि कात्तिक अन्तिम साता कोठी नम्बर १५६ बाट उद्धार गरी नेपालगन्ज ल्याईएको छ ।
दलाले दुई, दई लाख रुपैयाँमा कोठीमा बिक्री गरेका थिए ।, आज प्रकाशित नेपाल साप्ताहिकमा यो खबर छ ।

नुवाकोट र सिन्धुलीपाल्चोकका तीन किशोरीकै जस्तो सपना देख्ने ३७ नेपाली महिला भारतको उत्तर प्रदेश गाजियावाद ईन्दिरापुरम पुर्याए ।

 

उनीहरुलाई त्यहाँ तीन वटा फ्ल्याटमा राखिएको थियो । दलाले दुई महिनाभित्रै त्यति धेरै महिलालाई कुवेतलगायतका खाडी मुलुकमा वैदेशिक रोजगारीका लागि पठाउने आश्वासन दिएका थिए । तर दुई महिनासम्म पनि विदेश जान नपाएपछि शंका लागे उनीहरुले आफन्तलाई खबर गरे ।

 

परिवारको उजुरीपछि दिल्लीस्थित नेपाली दुतावास र भारतीय सुरक्षा अधिकारीको सहयोगमा उद्धार गरिएकामध्ये सबैभन्दा बढी झापाका छन् ।
त्यसअघि भारतको दिल्ली मैदानगढीबाट ७३ नेपाली महिलाको उद्धार गरिएको थियो ।

 

पोखरामा उड्ने ट्याक्सी ! हेर्नुहोस कहाँ जान कति भाडा लाग्छ ?

 

जसरी काठमाडौंको कुनै एक ठाउँबाट अर्को ठाउँमा जान हामीले ट्याक्सी प्रयोग गर्छौं, त्यसैगरी यदि कसैलाई अावश्यक परे तत्काल पोखरा, बलेवा (बाग्लुङ) बाट नेपालको कुनै पनि ठाउँमा जान परेमा चार्टर गरेर जान सक्छन्।तर तत्कालको लागि हेली एयरको प्राथमिकतामा भने पोखराको दृष्यावलोकन र माउन्टेन उडान हो।

 

थप दुई हेलिकप्टर अाएपछि भने यो कम्पनीले एयर ट्याक्सीको पनि सुविधा दिनेछ।‘तत्कालको लागि साइट सिनको लागि सेवा दिन्छौं पछि हामी एउटा निश्चित एरिया निर्धारण गरेर दुई वटा हेलिकप्टर ल्याएर सेवा दिन्छौं अनि लाइट हेलिकप्टरलाई एयर ट्याक्सीमा रूपान्तरण गर्छौ’ पोखरा सहर, साराङकोट, फेवा ताल, विश्वशान्ति स्तुपा , लेखसाइड र रानीवनको दृष्यावलोकनकोमा १५ मिनेटको प्याकेज रहेको छ। जसको भाडा १५ हजार रुपैयाँ तोकिएको छ।

 

पोखराको प्याकेज, फिस्टेयल हिमाल, अन्नपुर्ण श्रृखला, सेती नदी, पंचासे गाउँ, गुरुङ गाउँ र अष्ट्रेलियन क्याम्पको दृष्यावलोकन हुने यसमा ३० मिनेटको समय छ जसको भाडा २५ हजार रुपैयाँ रहेको छ।

 

अर्को छ एक घण्टाको प्याकेज जसमा अघिल्लो ३० मिनेटको प्याकेजसँगै सिक्लेस गाउँ, अन्नपुर्ण श्रृखला, क्वाँछे हिमताल, लमजुङ हिमाल, सेती म्याली, मार्डी हिमाल र पोखरा दृष्यावलोकनसहितको भाडा ४० हजार रुपैयाँ रहेको छ।

 

९० मिनेटको माउन्टेन उडानमा अघिल्ला १५, ३०, ६० मिनेटका सबै प्याकेज एकैपटक जोडेर गरिन्छ जसको भाडा ५५ हजार रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस
घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...