नातावाद हावी हुँदा सेनामा भाँडभैलो, प्रधानसेनापति थापा माथि गम्भीर प्रश्न



हाम्रो इकोनोमि

 

नेपाली सेनाको उच्च नेतृत्वबीच बढुवाको विषयलाई लिएर बढेको विवाद साम्य हुने भन्दा पनि चुलिएरै गएको छ। रथी पदमा बढुवाको बिषयलाई लिएर सेना भित्र तीव्र विवाद बढेको हो । सेनामा साढे तीन महिनादेखि खाली रहेको रथी पदमा अनावश्यक रुपमा बढुवा ढीलाई गरिदा विवाद सतहमा आएको हो।

 

पूर्णचन्द्र थापा प्रधानसेनापतिमा नियुक्ति भएको केही दिनभित्रै बरिष्ठ उपरथी अनुज बस्न्यातलाई रोलक्रम अनुसार नै रथीमा बढुवा गर्नु पर्नेमा प्रधानसेनापति थापाले आफ्नो नाता गोताको लागि सेटिङ मिलाउन खोज्दा बस्न्यातको बढुवा धरापमा परेको हो। थापाको यो योजना सफल भएमा बस्न्यातले अवकाश पाउनेछन्।

 

नेपाली सेनाको इतिहासमा यति धेरै अवधिसम्म रथी पद खाली रहेको यो पहिलो घटना हो । यो घटनालाई पृथ्वीनारायण शाहको एकिकरण कालदेखि नै रही आएको थापा र बस्न्यातबीचको द्धन्द्धको निरन्तरताको रुपमा पनि कतिपयले अर्थ्याए पनि पदीय मर्यादा र रोलक्रम अनुसार काम नगरेर स्वार्थ्मा काम गरेको आरोप प्रधानसेनापति थापा माथि लागेको छ।

 

प्रधानसेनापति थापाले आफ्ना बहिनी ज्वाई राजेन्द्रबहादुर कार्कीलाई रथीसम्म पुर्याउने गलत मनसायले बस्न्यातको बढुवालाई अनेकौं बहानाबाजी गरेर रोकेको सैनिक उच्च स्रोतको दावी छ।

 

सेनाको बढुवा विवादको धरातल
नेपाली सेनामा पद रिक्त राखी अवकाश गराउने एक किसिमको ‘कु’ को नयाँ अभ्यास सुरु भएको देखिन्छ । पहिले–पहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा यस प्रकारको योजनाबद्धरूपले अधिकृतहरूलाई अवकाश गराएको देखिएपनि गरिमामय भनिएको नेपाली सेनामा भने यस्तो राजनीति सुनिएको र नदेखिएको सैनिक उच्च नेतृत्व नै बताउँछ।

 

हाल उपरथी अनुज बस्नेत पनि यहि राजनीतिको शिकार भइरहेको धेरै एक उच्च सैनिक अधिकारी बताउँछन्। अनुज बस्नेतमाथि प्रधानसेनापति पूर्णचन्द्र थापाले नियोजितरूपमा अन्याय गरेको सेनाभित्रै पनि चर्चा हुन थालेको छ।

 

अनुज बस्नेतले समेत जानी–जानी आफूमाथि अन्याय भएको छ भनी रक्षा मन्त्रालयमा उजुरीसमेत दिने अवस्था सिर्जना हुनु पूर्वसैनिक उच्च अधिकृतहरू दुर्भाग्यपूर्ण भन्छन् । नेपालको रक्षाका लागि अन्तिम अस्त्रका रूपमा काम गर्नुपर्ने नेपाली सेनामा नातावाद र कृपावादको राजनीतिले वदनाम हुनु सेनाको गौरवपूर्ण इतिहासका लागि राम्रो नभएको उनीहरुको मत छ।

 

सेनाको एक जवानले आफ्नो वृत्तिविकासमा विभिन्न ढोका–ढोका धाउनुपर्ने अवस्था आयो भने भोलि सेनाको मनोबल के होला भनि अहिले सेनाभित्रै बहशको विषय भएको छ। यद्यपी यस बिषयमा चर्चा भएपनि सतहमा कसैले मुख भने खोलेका छैनन।

 

नेपाली सेनामा लाखको हाराहारी संख्या रहेको छ । यसमध्ये कुनै एउटाले पदोन्नति पाउनु साधारण प्रशासनिक प्रक्रियाको रूपमा लिनुपर्ने भएपनि पद नै खाली राखेर कसैलाई अवकाश गर्नु नेपाली सेनालाई शोभा दिने कुरा नभएको चर्चा रक्षा मन्त्रालयमा हुन थालेको छ।

 

अनुज बस्नेतलाई अप्राकृतिकरूपले अवकाश गराउने यो प्रकरणमा रक्षा मन्त्री इश्वर पोखरेलको भुमिका महत्वपूर्ण भएपनि उनले प्रधानसेनापतिलाई यस बारेमा केहि निर्देशन दिएको नदिएको केहि सार्वजनिक भएको छैन। प्रधानसेनापति र नेपाली सेनानै विवादमा पर्ने यो प्रकरणमा रक्षा मन्त्री र मन्त्रालयले हस्तक्षेप गर्नुपर्ने सेनाका जानकारहरु बताउँछन्।

हाम्राकुराबाट

प्रतिक्रिया दिनुहोस
एकजनाले चमत्कार गर्छ भन्ने कुरा मा मान्दिनँ : गगन थापा

  नेपाली कांग्रेसका सभापति गगन थापाले एक जना व्यक्तिले देशमा चमत्कार गर्नसक्छ भन्ने...

निर्वाचन प्रहरी आजदेखि फिल्डमा

     आउँदो फागुन २१ को चुनावका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि...

क्यानडामा विद्यालय र घरमा अन्धाधुन्ध गोली प्रहार

    क्यानडामा भएको भीषण सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको ज्यान गएको छ...

किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...