संवैधानिक परिषद बस्दै, चोलेन्द्र शमसेरलाई प्रधानन्यायाधीश बनाउँने यस्तो छ तयारी



 

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अवकाश पाउनुभन्दा ठीक एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुने भएको छ । त्यसका लागि सोमवार संवैधानिक परिषद बैठक बस्दैछ ।

 

मिश्रले उमेरका कारण पुस १७ गते अवकाश पाउँदैछन् । संविधानअनुसार प्रधानन्यायाधीश पद रिक्त हुनु एक महिनाअघि संवैधानिक परिषदले नयाँ व्यक्तिको सिफारिस गर्न लागेको हो ।

संवैधानिक परिषदका सदस्यहरुलाई मंसिर १७ गते शनिवार विहान ११ बजे बैठक बस्ने जानकारीसहित पत्राचार गरिएको प्रधानमन्त्री तथा संवैधानिक परिषदको कार्यालयले जनाएको छ ।

 

यसअघि नै न्यायपरिषद सचिवालयले प्रधानन्यायाधीश हुन योग्यता पुगेका दुई न्यायाधीश चोलेन्द्र शमसेर जबरा र दीपकराज जोशीको व्यक्तिगत विवरण संवैधानिक परिषदमा पठाइसकेको छ । जसमा दीपकराज जोशी यसअघि संसदीय सुनुवाइबाट अस्वीकृत भएको कैफियतसहित जानकारी दिइएको छ ।

 

यसअघि संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भइसकेपछि संवैधानिक परिषदले जोशीको ठाउँमा ओमप्रकाश मिश्रलाई सिफारिस गरेको थियो । स्रोतका अनुसार नयाँ प्रधानन्यायाधीशमा चोलेन्द्र शमसेर जबरा सिफारिस हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस
रुसी सेनामा दुई सय नेपाली रहेका जानकारी आएको छ : प्रधानमन्त्री

    रूसी सेनामा करिब दुईसय जना नेपाली रहेको जानकारी प्राप्त भएको प्रधानमन्त्री

देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक छ : अध्यक्ष ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दिगो ढंगले देशको रक्षा

कांग्रेस महासमिति बैठक तेस्रो पटक सार्ने तयारी

    नेपाली कांग्रेसले पुस १६ देखि १९ ललितपुरको गोदावरीमा तय गरेको महासमिति

एकदिन पनि टिकेन शेयर बजारको उछाल- १५ अंकले गिरावट

    शेयरबजार खुलेसँगै ओरालो झरेको बजार लामो उतार चढावपछि १५ अंकले घटेर