संवैधानिक परिषद बस्दै, चोलेन्द्र शमसेरलाई प्रधानन्यायाधीश बनाउँने यस्तो छ तयारी



हाम्रो इकोनोमि

 

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अवकाश पाउनुभन्दा ठीक एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुने भएको छ । त्यसका लागि सोमवार संवैधानिक परिषद बैठक बस्दैछ ।

 

मिश्रले उमेरका कारण पुस १७ गते अवकाश पाउँदैछन् । संविधानअनुसार प्रधानन्यायाधीश पद रिक्त हुनु एक महिनाअघि संवैधानिक परिषदले नयाँ व्यक्तिको सिफारिस गर्न लागेको हो ।

संवैधानिक परिषदका सदस्यहरुलाई मंसिर १७ गते शनिवार विहान ११ बजे बैठक बस्ने जानकारीसहित पत्राचार गरिएको प्रधानमन्त्री तथा संवैधानिक परिषदको कार्यालयले जनाएको छ ।

 

यसअघि नै न्यायपरिषद सचिवालयले प्रधानन्यायाधीश हुन योग्यता पुगेका दुई न्यायाधीश चोलेन्द्र शमसेर जबरा र दीपकराज जोशीको व्यक्तिगत विवरण संवैधानिक परिषदमा पठाइसकेको छ । जसमा दीपकराज जोशी यसअघि संसदीय सुनुवाइबाट अस्वीकृत भएको कैफियतसहित जानकारी दिइएको छ ।

 

यसअघि संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भइसकेपछि संवैधानिक परिषदले जोशीको ठाउँमा ओमप्रकाश मिश्रलाई सिफारिस गरेको थियो । स्रोतका अनुसार नयाँ प्रधानन्यायाधीशमा चोलेन्द्र शमसेर जबरा सिफारिस हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...