मुख्य खबर

भारतको राजदूतमा निलाम्बर आचार्य नियुक्त

  भारतका लागि आवासीय राजदूतमा निलाम्बर आचार्य नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार आचार्यलाई राजदूतमा नियुक्त गरेकी हुन् । संविधानको धारा २८२ को उपधार (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ