धनगढी पुगेर प्रधानमन्त्रीले विप्लवलाई भने सरकार अब चुप लागेर बस्दैन



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधिक समूहको गतिविधिमा सरकार धेरै समय चुप लागेर नबस्ने चेतावनी दिएका छन् । बुधबार बिहान धनगढीस्थित सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले एउटा दललाई स्पष्ट बहुमत दिएकाले सरकारले त्यही अनुसार काम गर्ने बताए ।

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई सरकारले नजिकबाट नियालीरहेको र धेरै समय चुप लागेर नबस्ने पनि बताए ।

 

उनले निर्वाचित सरकारले स्पष्ट नीति र भिजनका साथ काम गरिरहेकाले क्रान्तिका कुरा गरेर हिंसा फैलाउने खोज्नु अपराध भएको बताए । ‘क्रान्तिका कुरा गर्दै बिजुली आयोजना बनाउन नदिने, आगजनी गर्ने, चन्दा आतंक फैलाउने काम देश डुबाउने खेल हो, सरकार देश डुबाउने यस्ता कुराप्रति चुप लागेर बस्नेछैन,’ ओलीले भने ।

 

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्म र राजसंस्थाको एजेन्डा बोकेर प्रतिगमनको बाटोमा जान खोजेको बताए ।

 

‘केहीले हिन्दुत्वको आडमा कोही जन्मजातै शासक हुने व्यवस्थाको सपना देखाइरहेका छन,’ ओलीले भने, ‘२००७ सालमा भागेर दिल्ली गएका राजालाई डोकोमा बोकेर दुःख पाएका जनताले फेरि त्यही गल्ती दोर्होयाउँदैनन् । यस्ता प्रतिगमनउन्मुख कुरामा पनि आवश्यक नियन्त्रण हुनेछ ।’

मंगलबारमात्र राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री ओलीलाई २२ सुत्रीय मागसहितको ज्ञापन पत्र बुझाएका थिए । हिन्दुत्वको नारासहित राप्रपाले फागुन १८ देखि मेची–महाकाली यात्रा गर्दैछ ।

 

मन्त्रिमण्डल पुनर्गठन निश्चित, पाण्डे, शर्मा र भट्टराईलाई मन्त्री बनाउने पक्का, को हट्दै छन् ?

 

सरकार गठनको एक वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल पुनर्गठन गर्ने निष्कर्षमा पुग्नुभएको छ । समाचारअनुसार उहाँ केही व्यक्तिलाई मन्त्रिमण्डलबाट हटाएर नयाँ मानिसलाई सामेल गर्न चाहनुहुन्छ भने केहीको विभाग बदल्ने सोच उहाँले बनाउनुभएको छ । यस विषयमा केपीले सहअध्यक्ष प्रचण्डसँग पनि एक चरणको समझदारी बनाइसक्नुभएको बुझिएको छ ।

 

हालका मन्त्रीहरूमध्ये कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’, उद्योगमन्त्री मातृका यादव, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा र पर्यटनमन्त्री रवीन्द्र अधिकारीको कामबाट प्रधानमन्त्री असन्तुष्ट रहनुभएको बताइएको छ ।

 

त्यसो त मलेसियामा रोजगारी सुचारु गराउन नसकेकोमा गोकर्ण विष्टसँग पनि असन्तुष्ट रहनुभएको, तर पछिल्लो समयमा विष्टका कतिपय कार्यव्यवहारबाट प्रधानमन्त्री खुसी हुनुभएको ठानिएको छ । तथापि प्रचण्डले गोकर्ण विष्टलाई श्रम मन्त्रालयको जिम्मेवारीबाट हटाउन दबाब दिएकोले विष्टलाई अर्को कुनै विभागको जिम्मेवारी दिइने सम्भावना छ ।

 

मन्त्रिमण्डलमा नेताहरू सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र योगेश भट्टराईलाई सामेल गर्नेबारेमा छलफल चलेको बुझिएको छ । प्रधानमन्त्री ओलीका आलोचकहरूले योगेश भट्टराईलाई केपीको मन्त्रिमण्डलमा सामेल नहुन सुझाव–दबाब दिएको पनि समाचार सूत्रहरूले जनाएका छन् ।

 

मन्त्रिमण्डलबाट मातृका यादव, रवीन्द्र अधिकारी र चक्रपाणि खनाललाई बिदा गरिने सम्भावना छ भने युवराज खतिवडा र प्रदीप ज्ञवालीको विभाग परिवर्तन गर्ने विषयमा पनि छलफल भएको बताइन्छ ।

 

रामबहादुर थापा बादललाई गृहको जिम्मेवारीबाट पन्छाउन प्रचण्डले चाहेकोले उनको पनि विभाग बदलिने या मन्त्रिमण्डलबाट नै बिदाइ हुन सक्ने सम्भावना रहेको छ । मार्च महिनामा लगानी सम्मेलन आयोजना गरिएकोले त्यसअघि अर्थमन्त्री बदल्नु उपयुक्त हुने या नहुने विषयमा पनि उच्च तहमा छलफल भएको बुझिएको छ ।

मन्त्रिमण्डल पुनर्गठन गरिने निश्चित भइसकेको भए पनि कहिले गर्ने भन्ने विषयको टुङ्गो भएको छैन । तर, बालुवाटारको एक सूत्रले जनाएअनुसार प्रधानमन्त्री केपी शर्मा ओली यथाशीघ्र मन्त्रिमण्डल पुनर्गठन गर्ने मानसिकतामा हुनुहुन्छ, त्यसैले कुनै पनि बेला यो कार्य सम्पन्न भएको खबर सार्वजनिक हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...