मनोरञ्जन

कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा सुधार

  वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार आएको छ। अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार सो रोगको शल्यक्रिया गरिएको उल्लेख छ। शल्यक्रिया डा. रेशा श्रेष्ठ र डा. वसन्त पन्तले गरेका थिए।