यस्तो बनेर आयो ‘६क्का पञ्जा ३’ को ट्रेलर (भिडियो सहित)



हाम्रो इकोनोमि

 

नेपाली सिने नगरीको चर्चित ब्रान्ड हो ६क्का पञ्जाको ब्रान्ड ।

यही ब्रान्डको अर्को न्यू सिनेमा ‘६क्का पञ्जा ३’ को बहुप्रतिक्षित ट्रेलर सार्वजनिक गरिएको छ ।

हाँसो, द्वन्द, एक्सन र सस्पेन्स सहितको यो सिनेमाको प्रचार सामाग्रीलाई आज एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो ।

ट्रेलरमा सिनेमाको मुख्य कलाकारहरु दिपकराज गिरी, दिपीका प्रसाई, केदार घिमिरे माग्ने बुढा, जितु नेपाल, नीर शाह, शिवहरि पौडेल, विल्सन बिक्रम राई, बुद्धि तामाङ्ग लगायतलाई देखाईएको छ ।
दिपाश्री निरौलाले निर्देशन गरेको यो सिनेमामा दिपक शर्मा र अर्जुन पोख्रेलको संगीत छ ।

सिनेमाको यस अघि सार्वजनिक भईसकेको गीत निकै लोकप्रिय भएको छ ।

सिनेमाको आज सार्वजनिक भएको यो ट्रेलरलाई लिएर पनि निर्माण युनिट निकै आशावादी रहेको छ ।

चलचित्र ‘६क्का पञ्जा ३’ असोज २४ गते घटस्थापनाको दिनबाट सार्वजनिक प्रर्दशनमा आउनेछ ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...