ठमेलको रात्री क्लबबाट सञ्चालकसहित २३ किशोरी प्रहरीको नियन्त्रणमा



हाम्रो इकोनोमि

 

राजधानीको ठमेलस्थित रात्री क्लब ‘ओनेक्स’मा कम उमेरका किशोरीलाई काममा लगाएको पाइएको छ ।

 

शुक्रवार राती अनुगमनको क्रममा अण्डरएजका किशोरीहरुलाई थोरै तलबमा नाच्न बाध्य बनाएको खुलेसँगै महानगरीय प्रहरी वृत्त दरबारमार्गले सञ्चालक सहित २३ किशोरीलाई नियन्त्रणमा लिएको छ ।

 

ज्याठास्थित ओनेक्स क्लबमा शुक्रबार राती छापा मारेर १८ वर्षमुनिका २३ किशोरीसहित सञ्चालक काभ्रेको रोशी गाउँपालिका स्थायी घर भएका सत्यमान दोङलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी दान बहादुर मल्लले रातोपाटीलाई जानकारी दिए ।

 

१८ वर्ष भन्दा कम उमेरका किशोरीहरुलाई रात्री क्लवमा प्रवेश अनुमति नै दिन नहुने कानुनी प्रावधान भएपनि दोङले कम उमेरका किशोरीलाई कामदारको रुपमा प्रयोग गरेका थिए । प्रहरीले छापा मार्ने क्रममा १२ वर्षका किशोरी समेत क्लवमा नाचिरहेको फेला परेका थिए ।

 

यसैबीच दरबारमार्गको अन्नपूर्ण होटलमा शुक्रवार साँझ आयोजना गरिएको ब्युटी कन्टेष्टमा सेवाग्राहीले तोडफोड गर्न गर्न खोजेपछि कार्यक्रम आयोजकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

महंगो शुल्कमा टिकट बेचेपछि भने अनुसार सुविधा ब्यवस्थापन गर्न नसकेको भन्दै दर्शकहरु तोडफोडमा उत्रिएपछि कार्यक्रम आयोजक समेत रहेका ‘युथ क्रियशन’का सञ्चालक रवि लामालाई नियन्त्रणमा लिइएको  डिएसपी मल्लले जानकारी दिएका छन् । आयोजकलाई नियन्त्रणमा लिएपछि सम्भावित दुर्घटना टरेको थियो ।

 

दरबारमार्गस्थित क्लव डेजाभुमा यसअघि २०७४ मंसिर २८ गते प्रहरीले समयमा रेस्पोन्स नगर्दा अमेरिकी डिजे मार्समेलो ल्याउने भनेर झुक्याएको भन्दै दर्शकहरुले तोडफोड गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...