छक्का पन्जा ३ लाई १ करोड



हाम्रो इकोनोमि

 

दीपाश्री निरौलाको निर्देशनमा तयार भएको सिनेमा छक्का पन्जा ३ लाई विदेश प्रदर्शनका लागि विक्री गरिएको छ ।

हाइलाइट्स नेपालले यो सिनेमाको ओभरसिज राइट्सका लागि १ करोड मुल्य तिरेको छ ।

अब, यो सिनेमालाई विदेशमा हाइलाइट्सले विक्री गर्नेछ ।

तर, यसपटक छक्का पन्जा ३ को युटुब राइट्स भने विक्री गरिएको छैन ।

नेपाली फिल्म भकाभक युटुबमा आउँदा दर्शक हलमा जान छाडेकाले छक्का पन्जा ३ युटुबमा नराख्ने योजनामा निर्माता दिपकराज गिरी छन् ।

यो सिनेमाको ट्रेलर रिलिज भएको छैन ।

तर, सिनेमाको २ वटा गीत सार्वजनिक भएपछि यसको हाइप ह्वात्तै बढेको छ ।

दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, प्रियंका कार्की, जितु नेपाल, वुद्दि तामाङ फिल्मको मुख्य भूमिकामा छन् ।

दशैको अवसर पारेर सिनेमा रिलिज हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...