किन गरे यी दुई र्‍यापरले एक अर्कालाई हानाहान



हाम्रो इकोनोमि

 

 

र्‍यापर कार्डी बी र निकी मिनाजबीच हात हालाहाल भएको खबरले दुनियाभर हंगामा मच्चाएको छ । इन्टरनेसनल हिप हप आर्टिस्ट कार्डी बी र निकी मिनाजबीच भएको घम्साघम्सी जुत्ता हानाहानसम्म पुगेको थियो ।

गत शुक्रबार धमाकेदार माहोल र क्यामेराको बीच एक अनौठो घटना भयो । समारोह थियो, हार्पर्स बाजार आइकन्स फेसन विक पार्टीको । त्यहाँ दुवै गायिकाबीच हेर्दाहेदै भिडन्त सुरु भयो । सेलिब्रिटीले भरिभराउ समारोहमा अचानक घम्साघम्सी सुरु भयो । कार्डी बीले अफ्नो जुत्ता फुकालेर निकी मिनाजलाई हिर्काइन् ।

उक्त समयमा त्यहाँ पार्टी चलिरहेको थियो । दर्शक क्रिस्टिनाको परफरमेन्सको पर्खाइमा थिए । त्यति बेला निकी केली रल्यान्ड र ला ला एन्थनीसँग फोटो खिचाउँदै थिइन् । निकीको आँखामा चोेट लागेको छ ।

यो भिडियो पछिल्लो समय इन्टरनेटमा भाइरल भएको छ । यसमा कार्डी बी रातो पहिरनमा छिन् । भिडियोमा उनी गायिका निकी मिनाजमाथि जुत्ता हान्दै गरेको देखिन्छिन् । उनको यो कार्यपछि त्यहाँ हंगामा मच्चिएको थियो । सेक्युरिटी गार्ड आफ्नाआफ्ना स्टारको सुरक्षार्थ दौडिएका थिए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...