‘इन्टु मिन्टु लण्डनमा’को बर्षकै पहिलो बम्पर ओपनिङ्ग



हाम्रो इकोनोमि

 

फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ ले आशातित आक्रमक इनिसियल व्यापार गरेको छ ।

प्रदर्शनको पहिलो दिन शुक्रबार राम्रो दर्शकको साथ पाएको लभ स्टोरी फिल्मले शनिबार देशैभर आक्रमक रुपमा दर्शकलाई हलमा आकर्षण गर्न सफल रह्यो ।

शनिबार ‘इन्टु मिन्टु लण्डनमा’ लागेका अधिकांश हलहरु हाउसफूल रहेको रिपोर्ट छ ।

विशेषगरी शहरका मल्टिप्लेक्समा साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर स्टारर फिल्म हेर्न युवा दर्शकको भिड देखियो ।

राजधानीका हल हलमा पुगेका इन्टु मिन्टु टिमलाई दर्शकले न्यानो स्वागत गरे ।

धिरज र साम्राज्ञीसँग सेल्फी खिच्न दर्शकहरुमाझ हानाथाप भएको थियो ।

इन्टु र मिन्टुसँगै हलहलमा नायक शारुक ताम्रकार र निर्देशक रेनशा वान्तवा राई पुगेका थिए ।

रेनशाको यो डेव्यु निर्देशकिय फिल्म हो । एक दशक नृत्य निर्देशन पछि उनले फिल्म निर्देशनमा हात हालेकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...