ऊर्जा

झापाका पन्ध्र हजार घरधुरी ४ दिनदेखि अन्धकारमा

झापा । ट्रान्सफर्मरमा समस्या आएपछि जिल्लाका करिब १५ हजार घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको छ । चार दिनअघि ट्रान्सफर्मरमा समस्या आएपछि झापाको गौरीगञ्ज गाउँपालिकासहित दुधे, शिवगञ्ज, माईधार, जुरोपानी, बैगुन्धुरा र कमल गाउँपालिकाको केही क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो ।