कालिका पावरको ६ करोडको आईपिओ आइतबारदेखि खुल्ने



हाम्रो इकोनोमि

कालिका पावर कम्पनीले आइतबारदेखि प्रभावित क्षेत्रका स्थानीयवासीका लागि साधारण शेयर निष्कासन गरेको छ। कम्पनीले स्थानीयबासीलाई १० प्रतिशत हुन आउने ६ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गरेको हो।

स्थानीयबासीले न्युनतम १० कित्तादेखि तीन हजार कित्तासम्म आबेदन दिन पाउनेछन्। फागुन ६ गते र ढिलोमा फागुन २१ गते सम्म स्थानीयवासीले आबेदन दिन पाउँछन्।

हाल गोरखा जिल्लाका स्थानीयवासीका लागि दुई लाख ४० हजार कित्ता मुच्चोक, सौरपानी, ताकुमाझ लाकुरीबोट, मसेल, श्रीनाथ कोट, ताप्ले, नारेश्वर गाविस र गोरखा नगरपालिका वडा नं ४, ५ तथा १३ का लागि निष्कासन गरिएको छ। गोरखा जिल्लाका अन्य क्षेत्रका स्थानीयवासीले ३ लाख ६० हजार कित्ता शेयर पाउनेछन्।

स्थानीयवासीलाई शेयर वितरणपछि कम्पनीले २० प्रतिशत हुन आउने १२ करोड रुपैयाँ बराबरको सर्वसाधारणको लागि शेयर निष्कासन गर्ने छ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...