कालिका पावरको ६ करोडको आईपिओ आइतबारदेखि खुल्ने



हाम्रो इकोनोमि

कालिका पावर कम्पनीले आइतबारदेखि प्रभावित क्षेत्रका स्थानीयवासीका लागि साधारण शेयर निष्कासन गरेको छ। कम्पनीले स्थानीयबासीलाई १० प्रतिशत हुन आउने ६ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गरेको हो।

स्थानीयबासीले न्युनतम १० कित्तादेखि तीन हजार कित्तासम्म आबेदन दिन पाउनेछन्। फागुन ६ गते र ढिलोमा फागुन २१ गते सम्म स्थानीयवासीले आबेदन दिन पाउँछन्।

हाल गोरखा जिल्लाका स्थानीयवासीका लागि दुई लाख ४० हजार कित्ता मुच्चोक, सौरपानी, ताकुमाझ लाकुरीबोट, मसेल, श्रीनाथ कोट, ताप्ले, नारेश्वर गाविस र गोरखा नगरपालिका वडा नं ४, ५ तथा १३ का लागि निष्कासन गरिएको छ। गोरखा जिल्लाका अन्य क्षेत्रका स्थानीयवासीले ३ लाख ६० हजार कित्ता शेयर पाउनेछन्।

स्थानीयवासीलाई शेयर वितरणपछि कम्पनीले २० प्रतिशत हुन आउने १२ करोड रुपैयाँ बराबरको सर्वसाधारणको लागि शेयर निष्कासन गर्ने छ।

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...