भारतीय ठेकेदारको दादागिरी, माथिल्लो तामाकोशी निर्धारित समयमा नसकिने



हाम्रो इकोनोमि

निर्माणको अन्तिम चरणमा पुगेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्धारित समयमा नसकिने सम्भावना बढेर गएको छ ।भारतीय ठेकेदा कम्पनी टेक्सम्याकोले काममा ढिला सुस्ती गरेका कारण निर्धारित समयमा नसकिने सम्भावना बढेर गएको हो ।

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले निर्माण कार्यलाई छिटो छरितो बनाउन ४ भागमा विभाजन गरी ठेक्का लगाएको भारती ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले लक्ष्यअनुसार कार्य नगर्दा आयोजना ढिला सम्पन्न हुने भएको हो । लट–२ को ठेकेदार टेक्सम्याकोले लक्ष्य अनुसार कार्य नगरिदिँदा समयमा नै आयोजनको काम सम्पन्न गर्न ठूलो चुनौती रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले स्वीकार गरेका छन् ।

आयोजनाको निर्माण कार्य करिब ९४ प्रतिशत सम्पन्न हुँदा समेत भारतीय ठेकेदार कम्पनी टेक्सम्याकोको ठेक्काको ४० प्रतिशत पनि कार्य सम्पन्न हुन सकेको छैन । टेक्सम्याकोले हाइड्रोमेकानिकल अन्तर्गत बाँधस्थलको गेट हबसम्वन्धी कार्यहरु मात्र लक्ष्य अनुसारको गरेको भए पनि पेनस्टक पाइपको ढुवानीको कार्य भने २५ प्रतिशत मात्र सम्पन्न गरेको छ । टेक्सम्याकोले ढुवानी गरी जडान गर्नु पर्ने करिब ५ मिटर लम्बाई र ३ दशमलब ६ गोलाई भएको करिब १ सय ६० ओटा पेनस्टक पाइपमध्ये आयोजनास्थलमा करिब ४० ओटामात्र ढुवानी भएको छ ।

आयोजना व्यवस्थापनले कम्तिमा २० ओटा गाडीबाट ढुवानी गर्न पटकपटक पत्राचार गरे पनि अटेर गरी भारतीय ठेकेदार कम्पनीले ३ ओटा गाडीले मात्र ढुवानी गरिरहेको पाईएको छ ।टेक्सम्याकोले एउटा पेनस्टक पाइप सिमरादेखि सिन्धुपाल्चोकको सुनकोशीसम्म ५ दिन र सुनकोशीबाट आयोजनास्थल लामाबगरसम्म करिब १२ दिन लगाएर ढुवानी गर्ने गरेको तथ्याङ्कले बाँकी १२० ओटा पेनस्टक पाइप ढुवानी गर्न साढे २ वर्ष लाग्ने देखिन्छ । आयोजनाको ३७३ मिटरको ठाडो सुरुङ, १०० मिटरको तेर्सो सुरुङ र ३१० मिटरको अर्को ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्नु पर्ने हुन्छ ।
नेपाल विद्युत् प्राधिकरण उच्च स्रोत माथिल्लो तामाकोशी आयोजनाले निर्धारित समयमा विद्युत् उत्पादन गरेमा भारतलाई बार्षिक करिब रु. १६ अर्ब घाटा लाग्ने हुँदा भारतीय कम्पनीकै इशारामा आयोजना समयमैं सम्पन्न गर्न ठेकेदार कम्पनीले ढिलाई गरिरहेको बुझिएको बताउँछ ।

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...