माघ २१ गतेदेखि कालिका पावर लिमीटेडको आईपिओ आउँदै



हाम्रो इकोनोमि

कालिका पावर लिमीटेडले आगामी माघ २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ६ करोड रुपैयाँ बराबरको साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ६ लाख कित्ता सेयर आयोजना प्रभावित गोरखाको गोरखा नगरपालिका, सिरानचोक, सुलिकोट, अजिरकोट, भीमसेन गाउँपालिकाका बासिन्दाका लागि निश्कासन गर्ने भएको हो ।

आइतबार प्रकाशित सूचनाका अनुसार माघ २१ गते निस्काशन हुने आइपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले फागुन ६ गतेभित्र आवेदन दिन सक्नेछन् । यो अवधिमा माग जति आवेदन नपरे ढिलोमा फागुन २१ गतेभित्र आवेदन दिन सकिने बताइएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछ ।

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम काठमाण्डौ क्यापिटल मार्केट्स लिमीटेडले गर्नेछ ।कालिका ग्रुप अन्तर्गतको यो कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दापछि सर्वसाधारणका लागि १२ करोड बराबरको आइपीओ निश्कासनको योजना बनाएको छ । यो कम्पनीले हालैदेखि ६ मेगावाट क्षमताको दरौदी ए जलविद्युत आयोजनाको निर्माण कार्य पूरा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...