बुटवल पावरको एफपिओ आजबाट खुल्यो, प्रति कित्ता ५०१ रुपैयाँमा किन्न सकिने



हाम्रो इकोनोमि

बुटवल पावर कम्पनी लिमिटेडको आज माघ १५ गतेबाट अतिरिक्त साधारण शेयर (एफपिओ) को बिक्री खुला भएको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ४०१ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता ५०१ रुपैयाँमा उक्त सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीको शेयरमा माघ १९ गतेसम्म आवेदन दिन सकिन्छ। कम्पनीले ४० करोड ८१ लाख रुपैयाँ बराबरको शेयर जारी गरेको छ । कम्पनीको एफपिओमा न्यूनतम दश कित्ता अर्थात पाँच हजार दश रुपैयाँदेखि अधिकत्म २० हजार चार सय अर्थात एक करोड दुई लाख २० हजार चार सय रुपैयाँसम्मको आवेदन गर्न पाइनेछ ।

अहिले कम्पनीको शेयर पूँजी एक अर्ब ८१ करोड रुपैयाँ छ। प्रिमियमसहित बैंकले दुई अर्ब ४ करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबर उठाउने छ। यसमध्ये ४० करोड ८१ लाख रुपैयाँ पूँजीमा जाने छ भने बाँकी एक अर्ब ६३ करोड ६४ लाख ८१ हजार रुपैयाँ जगेडा कोषमा बस्ने छ।

लगानीकर्ताले एनएमबि क्यापिटल नागपोखरी, लक्ष्मी क्यापिटल बानेश्वर, बुटवल पावर कम्पनी, वुद्ध नगर तथा आस्वा सदस्य रहेका जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...