ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि हत्यासम्बन्धी आरोप लगाउने प्रयास राज्यका लागि गम्भीर जोखिम भएको टिप्पणी गर्नुभएको छ । जेन–जी आन्दोलनमा भएका घटनाका लागि पूर्वप्रधानमन्त्रीलाई कानुनी कारवाही गर्ने वा आपराधिक अभियोग लगाउनु खोज्नु भनेको नेपालको राज्यसंयन्त्रलाई ध्वस्त पार्नु हो’ सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ ।

सो घटनाको राजनीतिक र नैतिक जिम्मेवारी तत्कालीन प्रधानमन्त्रीमाथि जाने भए पनि कानूनी र आपराधिक अभियोग लगाएर सरकारको संरचनालाई कमजोर पार्ने प्रयास उचित नभएको उहाँले उल्लेख गर्नुभएको छ । उहाँले संसद जस्तो संवेदनशील स्थानमा अचानक जोखिम बढेको अवस्थामा भिड नियन्त्रण गर्न सुरक्षाकर्मीले गोली चलाउँदा भएको क्षतिलाई लिएर प्रधानमन्त्रीलाई आपराधिक दायरामा तान्नु उचित नहुने बताउनुभएको छ ।

भविष्यमा पनि त्यस्ता आन्दोलन र अप्रिय घटना दोहोरिन सक्ने भएकाले आजका प्रधानमन्त्री र गृहमन्त्री पनि त्यही दायरामा फस्नुपर्ने स्थिति आउने हो कि भन्ने प्रश्नसमेत उठाउनुभएको छ । झाँक्रीले आवश्यकताको सिद्धान्त भन्दै कानूनको मनपरी व्याख्या गर्ने प्रवृत्ति खतरनाक भएको भन्नुभएको छ ।

झाक्रिले लेख्नुभएको छ –

भाद्र २३ गतेको घटनाको प्रमुख राजनीतिक, नैतिक जिम्मेबारी तत्कालीन प्रधानमन्त्रीमा जान्छ । त्यसैले त उहाँले भाद्र २४ मा राजिनामा दिनु भएको हो।तर यी घटनाका लागि पूर्व प्रमलाई कानुनी कारवाही गर्ने वा आपराधिक अभियोग लगाउनु खोज्नु भनेको नेपालको राज्यसंयन्त्रलाई ध्वस्त पार्नु हो ।

संसद जस्तो संवेदनशील स्थानमा अप्रत्याशित ढंगले उत्पन्न जोखिमको अवस्थामा भिडलाई नियन्त्रण गर्न सुरक्षामा तैनाथ सुरक्षा कर्मीले गोली चलाउँदा पुगेको क्षतिलाई लिएर तत्कालीन प्रमलाई हत्याको अभियोग लगाउने र मुद्दा चलाउने हो भने राज्यको वैधानिकता र कोएर्सिव(पावर कहाँ पुग्छरु

अझै पनि यस्ता आन्दोलन हुन सक्छन् । अप्रिय घटना घट्न सक्छन्। के त्यस्तो अवस्था निर्माण भयो भने अहिलेका प्रम र गृहमन्त्री हत्या अभियोगका लागि तयार छन्रु फौजदारी अपराधको दायराभित्र यो पर्छ र ? अब त के यो सरकार जस्तै कानुन पनि तत्काल  आवश्यकताको सिद्धान्त” कै नाममा मनपरी व्याख्या हुने अभ्यास गर्न खोजेको हो  ?

पूर्व प्रमलाई हत्याको अभियोग लगाउने ‘रोमाञ्चकारी’ कुरा ले एकै छिन रमझम देला, तर यस्ता कथ्यले नेपालको राज्य प्रणाली उठ्नै नसक्ने गरी थला पर्नेछ । राज्यसंयन्त्रको शक्ति, वैधता र विश्वसनीयता तीब्र गतिमा ओरालो लाग्नेछ । यस्तो बेला पार्टी भित्रका र बाहिरका सबै मान्छेहरूले यतातर्फ सोच्नु पर्दैन ?

प्रतिक्रिया दिनुहोस
सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...

बुढानीलकण्ठ नगरपालिका–२ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

      बुढानीलकण्ठ नगरपालिका वडा नम्बर -२ मा निःशुल्क पाठेघरको मुख तथा...