LG Nepal द्वारा “Affectionate Intelligence” को प्रदर्शनी भविष्यको सुरुवात अब नेपालमा



हाम्रो इकोनोमि

 

 

LG Nepal ले आफ्नो विश्वव्यापी नवप्रवर्तनको अभियान “Affectionate Intelligence” लाई नेपालको लागि विशेष प्रदर्शनीमार्फत प्रस्तुत गर्न लागेको छ । सिंगापुर मलेसियामा सफलतापूर्वक सम्पन्न भइसकेको यो अभियान अब नेपालमा पनि सुरु हुँदैछ, जसले भावनात्मक रूपमा मानिसलाई बुझ्ने ख्याल गर्ने नयाँ युगको Artificial Intelligence को सुरुवात दर्शाउँछ। 

दुई दिने यो विशेष प्रदर्शनी कार्यक्रम, असार १३  मा डिलरहरूको लागि असार  १४ मा सर्वसाधारण का लागि आयोजना हुनेछ । कार्यक्रममा सहभागिहरूले LG  को नयाँ पुस्ताको AI Innovations प्रत्यक्ष रूपमा अनुभव गर्न पाउनेछन्जसले केवल सेवा गर्ने मात्र होइन, बुझ्ने ख्याल गर्ने उद्देश्य राख्दछ ।

“Affectionate Intelligence” केवल products को प्रदर्शन मात्र नभई, प्रविधि मानवबीचको सम्बन्धमा क्रान्तिकारी परिवर्तन ल्याउने LG को दृष्टिकोण हो । यसले उत्तरदायित्व, सम्बन्ध विश्वासलाई केन्द्रमा राख्दै प्रयोगकर्ता मैत्री भविष्यतर्फको यात्रा प्रस्तुत गर्दछ ।

नेपाली बजारमा ४ दशक लामो सफल यात्रालाई सम्मान गर्दै, LG र चौधरी ग्रुपको साझेदारीमा आयोजित यो कार्यक्रम एउटा ऐतिहासिक उपलब्धि हुनेछ ।

चौधरी ग्रुप का मार्केटिङ प्रमुख गौरव हमाल भन्नुहुन्छ

यो हाम्रो लागि निकै गर्वको क्षण हो । LG सँग हाम्रो सहकार्य गोल्ड स्टारको समयमा सुरु भएको हो । दशकौ सम्म फैलिएको हाम्रो सम्बन्धले नेपाली घरघरमा विश्वस्तरीय प्रविधि ल्याएको छ । अब ‘Affectionate Intelligence’ मार्फत हामी त्यस्तो भविष्यमा पाइला टेक्दैछौं, जहाँ प्रविधि अझ मानवीय, अझ बौद्धिक अझ प्रभावकारी बन्नेछ ।

LG र CG बीचको सम्बन्धले विश्वास, नवप्रवर्तन प्रयोगकर्ता मैत्री डिजाइनको आधारमा नेपालमा नेतृत्व कायम गर्दै आएको छ । आगामी प्रदर्शनीले प्रविधिको मानवीय भविष्य कस्तो देखिन्छ भन्ने झलक दिनेछ ।

सर्वसाधारणलाई असार  १४, शनिबार बिहान ११:०० बजेबाट साँझ :०० बजेसम्म, ललितपुरको प्लाजामा आयोजना हुने यो अद्वितीय अनुभवमा सहभागी हुन आमन्त्रण गर्दछौं ।

प्रतिक्रिया दिनुहोस
एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...

नेपालीको चिसो साथी बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर

  गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ— बिहान पकाएको...

आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा

    व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई...

‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न

  विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन,...