इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने



हाम्रो इकोनोमि

 

 

भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले थप ७ दिनको सेवा अवधि उपलब्ध गराउने भएको छ । कम्पनीले बाढीका कारण सेवा अवरुद्ध वा प्रभावित भएको अवधिमा कनेक्सनको म्याद समाप्त भएका ग्राहकहरूलाई थप ७ दिन सेवा अवधि दिने निर्णय गरेको हो ।

गत बुधबार (10 भादौमा) आएको बाढीपछि विशेषगरी भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा भएको क्षतिका कारण सुबिसुको इन्टरनेट सेवा प्रभावित भएको थियो । सुबिसुका प्रमुख सञ्चालन अधिकृत (सीओओ) सुबास अधिकारीले प्रभावित क्षेत्रमा नेटवर्क तथा इन्टरनेट सेवा पुनःस्थापनाको काम निरन्तर भइरहेको बताए ।

बट्टार, चरौंदी, चौघडा, देवीघाट, धादिङ, हुङ्दीखोला, खाल्टे, खानीखोला, गल्छी, धार्के र मलेखुलगायत क्षेत्रमा सेवा प्रभावित भएको कम्पनीले जनाएको छ ।

अधिकारीका अनुसार स्थानीय अवस्था र पहुँचलाई ध्यानमा राख्दै प्राविधिक टोलीहरू सेवा यथाशीघ्र पुनःस्थापना गर्न फिल्डमा खटिएका छन् । कम्पनीले बाढीका कारण सेवा प्रभावित भएका ग्राहकको सेवा अवधि नोक्सान नहोस् भन्ने उद्देश्यले थप ७ दिनको सेवा अवधि उपलब्ध गराइएको जनाएको छ ।

प्रभावित ग्राहकले सेवा तथा पुनःस्थापनासम्बन्धी जानकारीका लागि सुबिसुको ग्राहक सहायता केन्द्रमा सम्पर्क गर्न जनाएको छ।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...