इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने



हाम्रो इकोनोमि

 

 

भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले थप ७ दिनको सेवा अवधि उपलब्ध गराउने भएको छ । कम्पनीले बाढीका कारण सेवा अवरुद्ध वा प्रभावित भएको अवधिमा कनेक्सनको म्याद समाप्त भएका ग्राहकहरूलाई थप ७ दिन सेवा अवधि दिने निर्णय गरेको हो ।

गत बुधबार (10 भादौमा) आएको बाढीपछि विशेषगरी भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा भएको क्षतिका कारण सुबिसुको इन्टरनेट सेवा प्रभावित भएको थियो । सुबिसुका प्रमुख सञ्चालन अधिकृत (सीओओ) सुबास अधिकारीले प्रभावित क्षेत्रमा नेटवर्क तथा इन्टरनेट सेवा पुनःस्थापनाको काम निरन्तर भइरहेको बताए ।

बट्टार, चरौंदी, चौघडा, देवीघाट, धादिङ, हुङ्दीखोला, खाल्टे, खानीखोला, गल्छी, धार्के र मलेखुलगायत क्षेत्रमा सेवा प्रभावित भएको कम्पनीले जनाएको छ ।

अधिकारीका अनुसार स्थानीय अवस्था र पहुँचलाई ध्यानमा राख्दै प्राविधिक टोलीहरू सेवा यथाशीघ्र पुनःस्थापना गर्न फिल्डमा खटिएका छन् । कम्पनीले बाढीका कारण सेवा प्रभावित भएका ग्राहकको सेवा अवधि नोक्सान नहोस् भन्ने उद्देश्यले थप ७ दिनको सेवा अवधि उपलब्ध गराइएको जनाएको छ ।

प्रभावित ग्राहकले सेवा तथा पुनःस्थापनासम्बन्धी जानकारीका लागि सुबिसुको ग्राहक सहायता केन्द्रमा सम्पर्क गर्न जनाएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...