दुई देशका विपद् व्यवस्थापनसम्बन्धी केन्द्रीय निकायका प्रमुखहरुबीच टर्किमा भेटवार्ता



हाम्रो इकोनोमि

 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती र पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (National Disaster Management Authority-NDMA) का अध्यक्ष लेफ्टिनेन्ट जनरल मुहम्मद हसान खट्टकबीच द्वपक्षीय भेटवार्ता भएको छ। 

दुई देशका विपद् व्यवस्थापनसम्बन्धी केन्द्रीय निकायका प्रमुखहरुबीच टर्किएको अन्ताल्यामा जारी कोप-३१ सम्मेलनका क्रममा शनिबार साइडलाइन भेटवार्ता भएको हो। त्यसक्रममा उहाँहरुले पूर्वानुमानमा आधारित विपद् व्यवस्थापन, अन्तरदेशीय पूर्वसूचना प्रणाली, हिमाली प्रकोप, आपत्कालीन प्रतिकार्य, साथै जोखिम-सूचित पुनर्लाभ तथा पुनर्निर्माणका क्षेत्रमा हुनेसक्ने साझेदारीहरुबारे पनि छलफल गर्नुभयो।उहाँहरुबीच आवधिक रूपमा भइरहेको विपद् अभ्यास र प्राविधिक सम्पर्कलाई अझ औपचारिक र कार्यान्वयनमुखी साझेदारीतर्फ अघि बढाउने विषयमा पनि छलफल भएको थियो। 
 

डा. उप्रेतीले नेपालका हालैका विपद्पछिका अनुभव तथा प्राथमिकताहरु राख्दै हिमाली तथा भोटेकोशी क्षेत्रका विपद्, हिमनदीसँग सम्बन्धित तथा शृंखलाबद्ध जोखिमहरू, जलविद्युत् आयोजना र तल्लो तटीय क्षेत्रका समुदायमा पर्ने प्रभाव तथा पूर्वाधार र पहुँचमार्गहरू अवरुद्ध हुँदा सुरक्षित स्थानमा उद्धार तथा स्थानान्तरणमा देखिएका चुनौतीबारे प्रकाश पार्नुभयो।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अध्यक्ष खट्टकले पाकिस्तानका संस्थागत क्षमताहरुबारे उल्लेख गर्दै प्रतिक्रियात्मक विपद् प्रतिकार्यबाट पूर्वसक्रिय तथा प्रविधिमैत्री विपद् जोखिम व्यवस्थापनतर्फ रूपान्तरण भइरहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको १२ तले कर्पोरेट भवन बन्दै

  ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण...

कोप–३१ मा महासचिव गुटेरेसको भावुक बिदाइ सम्बोधन

  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु संकटसँग जुध्ने कार्यलाई विश्वव्यापी शान्ति, गरिबी...

कोप–३१ विरुद्ध जलवायु न्यायकालागि सडकमा उत्रिए हजारौँको प्रदर्शनकारी

    संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३१ को मध्यबिन्दुमा पुगेसँगै टर्कीको अन्ताल्यामा हजारौँ...

स्थानीय निर्वाचनलाई प्रभावकारी बनाउने लक्ष्यसहित राष्ट्रिय भेलाको तयारीमा एमाले

    नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना...