गीताप्रेस नेपाल स्थापनाको १० वर्षमा प्रवेश



 

 

गीताप्रेस नेपाल स्थापनाको प्रथम दशकको गौरवमय उत्सवको अवसरमा आयोजित श्रीलिङ्गमहापुराण र श्रीमत्स्यमहापुराणको नेपाली अनुवाद विमोचन तथा गीताप्रेस नेपालको वेभसाइट gitapressnepal.org, gitapressnepal.com एवं मोबाइल Gitapress Nepal  कार्याक्रममा गीताप्रस नेपाल, गीताप्रेस पुस्तक विक्री केन्द्र काठमाडौंका अध्यक्ष श्री जय किसन साडाज्यूको सभापतित्वमा, गीताप्रेस गोरखपुरका प्रवन्धक–डा. श्री लालमणि तिवारीज्यूको प्रमुख आतिथ्यतामा तथा भगवान् पशुपतिनाथका मूल भट्ट श्री गणेश रावल भट्टज्यू र मानव सेवा आश्रमका संरक्षक डा. श्री गोविन्द टण्डनज्यूको विशिष्ट आतिथ्यतामा, गीता परिवारकी अध्यक्षा– श्रीमती सारिका अग्रवालज्यूको आतिथ्यतामा आज मिति २०८२ जेष्ठ २९ गते  माधव राज सुमार्गी स्मृति भवन वनकाली पशुपतिमा धर्मानुरागी महानुभावहरुको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको जनाएको छ ।

सत्य एवं शान्ति हेतु मानव मात्रको सेवामा समर्पित भई विगत १०२ वर्षदेखि सेवाप्रदायक विश्वविख्यात संस्था गीताप्रेस गोरखपुरको अन्तराष्ट्रिय शाखा नेपालमा गीताप्रेस पुस्तक विक्री केन्द्र काठमाडौं स्थापना भएको ९ वर्ष पुरा भई १० वर्ष प्रवेशको अवसरमा आयोजित गीताप्रेस नेपाल स्थापनाको प्रथम दशकको गौरवमय उत्सव कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत गर्नु हुँदै गीताप्रस नेपाल, गीताप्रेस पुस्तक विक्री केन्द्र काठमाडौंका अध्यक्ष श्री जय किसन साडाज्यूले नेपालमा गीताप्रेस गोरखपुरको अन्तराष्टिय शाखा वि.सं. २०७३ जेष्ठ २९ गते तद्नुसार ११ जुन, २०१६ शनिबार पशुपति क्षेत्र विकास कोषका तत्कालिन सदस्य सचिव डा. गोविन्द टण्डनज्यू एवं गीताप्रेस गोरखपुरका प्रवन्ध न्यासी श्री विष्णु प्रसाद चाँदगोठियाज्यू, श्री देवीदयाल अग्रवालज्यू र श्री नारायण अजीतसरियाज्यूको संयुक्त करकमलबाट धर्मपरायण हजारौं महानुभावहरुको उपस्थितिमा विधिवत समुद्घाटन भई गीताप्रेसको अन्तराष्ट्रिय शाखाको रुपमा अनवरत रुपमा संचालनमा रहेको बताउनु भयो । वहाँले गीताप्रेसबाट प्रकाशित भएका कृतीहरुको प्रचार प्रसार एवं आम सर्वसाधारणले अनलाइनको माध्यमबाट पुस्तकहरु निःशुल्क अध्ययन गरी आध्यात्मिक एवं धार्मिक लाभ लिन सकुन र चरित्रवान, सुसंस्कृति समाजको निर्माण होस् भन्ने उद्देश्य लिई गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौं स्थापना भएको १० वर्ष प्रवेशको अवसर पारी मोबाइल एप्स र वेभसाइट लन्च गर्न लागिएको र उक्त एप्स तथा वेभसाइटमा गीताप्रेसबाट प्रकाशित पुराण, रामायाण, उपनिषद, स्तोत्र, चालिसा, नित्य पाठ, कर्मकाण्ड, भजन सहित महत्वपूर्ण लेख रचनाहरुलाई समावेस गरिएको जानकारी गराउनु भयो ।

यस अन्तराष्ट्रिय शाखाबाट सिंगापुर, इन्डोनेशिया, दुबई, अष्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा पुस्तक पठाउने कार्य भइरहेको र विदेशमा रहेको मन्दिरहरुमा गीताप्रेसका प्रकाशनहरु उपलब्ध गराउने कार्य भइरहेको र गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौंको संचालनमा सहयोग पुगोस भन्ने उद्देश्यले एवं गीताप्रेसबाट प्रकाशित भएका कृतीहरुको निःशुल्क वितरण तथा प्रचार प्रसार गरी निःशुल्क सेवा प्रदान गर्ने र सोही संस्था मार्फत नेपालमा गीता भवन निर्माण गर्ने उद्देश्य पशुपति क्षेत्र आसपास नेपालमै एक “गीता भवन“ निर्माणको योजना अगाडि सारेको छ। यस भवनको मुख्य उद्देश्य गीताप्रेस गोरखपुरका सत्साहित्यहरुको थोक तथा खुद्रा विक्री केन्द्र स्थापना गर्नु, पुस्तक गोदाम तथा वितरण कार्यालय बनाउनु, मोबाइल गाडीबाट देशभर प्रचार–प्रसारको तयारी गर्नु र भविष्यमा अनलाइन प्रणालीमार्फत पुस्तक वितरणको दीर्घकालीन योजना कार्यान्वयन गर्नु रहेको जनाए । यस उद्देश्यलाई मूर्तरूप दिनलाई उपयुक्त १५०० वर्गफुट क्षेत्रफल बराबरको जग्गा खोजी कार्य पनि जारी रहेको छ । हाल पाँच सदस्यीय प्रचार–प्रसार केन्द्रलाई विस्तार गरी अधिकतम २१ जना ट्रस्टी सम्म पु¥याउने र १५०० वर्गफुट क्षेत्रफल बराबरको जग्गा प्रदान गर्नु हुने महानुभावका लागि एक विशिष्ट ट्रस्टी आरक्षित राखिएको छ । कार्यक्रममा प्रमुख अतिथि गीताप्रेस गोरखपुरका प्रवन्धक–डा. श्री लालमणि तिवारीज्यू, विशिष्ट अतिथि भगवान् पशुपतिनाथका मूल भट्ट श्री गणेश रावल भट्टज्यू र मानव सेवा आश्रमका संरक्षक डा. श्री गोविन्द टण्डनज्यू, अतिथि, गीता परिवार नेपालकी अध्यक्षा– श्रीमती सारिका अग्रवालज्यूले शुभकामना मन्तव्य दिनु भएको थियो । कार्यक्रममा उपस्थित महानुभावहरुलाई गीताप्रेस नेपालका उपाध्यक्ष श्री ईश्वरी प्रसाद रिमालज्यूले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको संचालन श्री यदुनन्दन भारद्वाजज्यूले गर्नुभएको थियो ।

गीताप्रेस पुस्तक बिक्री केन्द्रको व्यवस्थापनमा, पशुपतिनाथ मन्दिर क्षेत्रमै पहिलोपटक श्रीगीता जयन्ती महोत्सव आयोजना गरी, नेपाली भाषामा सरल गीता प्रकाशित गरी हजारौं विद्यार्थीहरूलाई निःशुल्क वितरण गरी डा. वासुदेवकृष्ण शास्त्रीज्यूको संयोजकत्वमा “घर–घर गीता — हाम्रो अभियान” कार्यक्रमको घोषणा गरिएकोमा नेपालका विभिन्न विद्यालयहरू, गुरुकुलहरू र नेपालीभाषीसम्म पुर्याउने गीताप्रेस नेपालको लक्ष्य रहेको छ। “घर–घर गीता — हाम्रो अभियान” लाई सफलतापूर्वक सञ्चालन गर्न निरन्तर मार्गदर्शन गर्नुहुने डा. वासुदेवकृष्ण शास्त्रीज्यूप्रति हामी अत्यन्त आभारी छौँ। साथै, नेपाली भाषामा ६० भन्दा बढी सत्साहित्य अनुवाद सम्भव बनाउन योगदान पुर्याउनु हुने प्रा. शिव गोपाल रिसालज्यू, डा. गोविन्द टण्डनज्यू, डा. काशीनाथ न्यौपानेज्यू, आचार्य लक्ष्मण भण्डारीज्यू, प्रा. पदमप्रसाद भट्टराईज्यू, स्व. विष्णुराज आत्रेयज्यू, श्री केदारनाथ दासज्यू, श्री माहेश्वर खनालज्यूलगायतका अन्य विद्वत् व्यक्तित्वहरूप्रति हामी कृतज्ञ रहेको जनाएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शुक्रबार  ०५ : ५४  बजे

प्रतिक्रिया दिनुहोस
प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

    प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा

अमेरिकाबाट थप १९ जना नेपाली भए डिपोर्ट

  अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट भएका छन् । अध्यागमन विभागका महानिर्देशक

सबैखाले प्रतिबन्धको सामना गर्ने सामर्थ्य राख्छौं : रुस

    रुसले अमेरिकाबाट हुनसक्ने सबै प्रकारका प्रतिबन्धको सामना गर्ने सामर्थ्य आफूसँग रहेको

चीनको प्रस्ताव ” विश्व सभ्यता पहल” माथि काठमाडौंमा विमर्श

  चिनियाँ राष्टपति सि जिनपिङले सन् २०२३ मा प्रस्ताव गरेको ग्लोबल सिभिलाईजेसन इनिसियटिभ