TCL नेपालद्वारा नयाँ इन्भर्टर एसी कम्प्रेसरमा १० वर्षको वारेन्टी घोषणा



हाम्रो इकोनोमि

 

नवीनतम प्रविधिमा आधारित विश्वप्रसिद्ध उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड TCL ले नेपालको एयर
कन्डिसनिङ बजारमा नयाँ मापदण्ड स्थापना गर्दै आफ्ना नयाँ इन्भर्टर एसी सिरिजमा १० वर्षको कम्प्रेसर वारेन्टी घोषणा गरेको छ । यस नयाँ पहलले TCL को उत्पादनको दिगोपनमा रहेको विश्वास र नेपाली उपभोक्तालाई दीर्घकालीन मूल्य प्रदान गर्ने प्रतिबद्धतालाई झल्काउँछ ।

मुख्य विशेषताहर:

१. अझ प्रभावकारी ऊर्जा बचत
• स्मार्ट इन्भर्टर – ७०% सम्म ऊर्जा बचत
• जेन मोड (Gen Mode)

२. उत्कृष्ट आराम र स्वास्थ्य
• द्रुत कूलिङ र हिटिङ (Rapid Cooling & Heating)
• स्मार्ट एयरफ्लो (Smart Airflow)
• गोल्डेन फिन (Golden Fin)

३. सजिलो प्रयोगको लागि सुविधा
• स्मार्ट एप कन्ट्रोल (Smart APP Control)

नयाँ इन्भर्टर एसी मोडेलहरू:
 TAC-12CHSDI/XAF1 (१ टन)
 TAC-18CHSDI/XAF1 (१.५ टन)
 TAC-24CHSDI/XAF1 (२ टन)

नेपाली आवश्यकताको सम्बोधन
TCL को नयाँ इन्भर्टर एसी सिरिज विशेषगरी नेपालको भौगोलिक र जलवायु अवस्थालाई मध्यनजर गरेर निर्माण गरिएको हो । बारम्बार हुने भोल्टेजको उतारचढाव, तातो गर्मी र चिसो जाडोको प्रभावलाई नियन्त्रण गर्न यी एसीहरूमा आधुनिक भोल्टेज स्टेबिलाइजेसन सुविधा उपलब्ध छ । ऊर्जा-कुशल डिजाइनले बिजुली खर्च घटाउनुका साथै वातावरणमैत्री समाधान पनि प्रदान गर्दछ । टिकाउपनमा उत्कृष्ट, TCL एसीहरूले वर्षभरि भरपर्दो आराम सुनिश्चित गर्छन् ।

TCL को बारेमा

TCL एक विश्वव्यापी प्रविधि कम्पनी हो, जसले टेलिभिजन, वाशिङ मेसिन, रेफ्रिजरेटर, एयर कन्डिसनर र वाटर डिस्पेन्सर जस्ता उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादनहरू उपलब्ध गराउँछ । नवीनता र गुणस्तरमा विश्वास राख्ने TCL ले मानिसको जीवनशैलीमा सुधार ल्याउने लक्ष्य लिएको छ । TCL सँग भविष्यको प्रविधिको अनुभव लिनुहोस् – नजिकको TCL शोरूम वा TCL नेपालको वेबसाइट भ्रमण गर्नुहोस् ।

CG इलेक्ट्रोनिक्सको बारेमा

CG इलेक्ट्रोनिक्स, चौधरी ग्रुप अन्तर्गतको एक प्रतिष्ठित संस्था, TCL को नेपालको लागि आधिकारिक वितरक हो। देशभर छरिएका शोरूमहरू, अधिकृत डिलरहरू र सेवा केन्द्रहरूको नेटवर्कमार्फत, CG इलेक्ट्रोनिक्सले उपभोक्ताहरूलाई TCL का गुणस्तरीय उत्पादनहरू सहज पहुँच र भरपर्दो सेवा सुनिश्चित गर्दछ। TCL र CG इलेक्ट्रोनिक्सको साझेदारीले नेपाली घरपरिवारहरूमा उच्च गुणस्तरका, ऊर्जा-दक्ष समाधान ल्याउने साझा दृष्टिकोणलाई साकार पारेको छ ।

प्रतिक्रिया दिनुहोस
एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...

नेपालीको चिसो साथी बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर

  गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ— बिहान पकाएको...

आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा

    व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई...

‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न

  विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन,...