सीजीका उपकरणको खरिदमा थाइल्यान्ड घुम्न जाने अवसर



हाम्रो इकोनोमि

 

 

नयाँ वर्ष २०८२ को अवसरमा नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजी SDA ले Level Up अभियान
अन्तर्गत Level Up! with CG, Life Huncha Easy" नामक उपभोक्ता योजना घोषणा गरेको छ । साना घरायसी उपकरण (SDA) प्रवर्द्धन गर्न लक्षित यो अभियानले ग्राहकहरूलाई रोमाञ्चक पुरस्कार जित्ने अवसर प्रदान गर्नेछ । कम्पनीका अनुसार, यो योजना २२ चैत्रदेखि लागू गरिएको छ । योजनामा सहभागी हुन ग्राहकहरूले सीजी SDA उत्पादनहरू खरिद गरी क्यूआर कोड स्क्यान गरेर आवश्यक विवरण भर्नुपर्नेछ ।

योजनाका मुख्य आकर्षणहरू

 साप्ताहिक पुरस्कारहरू: ग्राहकहरूले अभियान अवधिभर हरेक हप्ता आकर्षक पुरस्कार जित्ने अवसर
पाउनेछन् ।
 बम्पर पुरस्कार: अभियानको अन्त्यमा, सहभागीहरूले थाईल्याण्ड भ्रमण र CG Meghauli Seraiको
विलासी यात्रा जित्ने अवसर पाउनेछन् ।

कम्पनीका प्रतिनिधिहरूले जानकारी गराएअनुसार, यो योजना सीजी डिजिटलका आउटलेटहरू र देशभरका च्यानल पार्टनरहरू मार्फत सफलतापूर्वक कार्यान्वयन गरिएको छ । सीजी, नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा, सधैं उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै ग्राहकहरूको विश्वास जित्न सफल रहँदै आएको छ । आधुनिक प्रविधि र नवीनता भित्र्याउने अभियानमा निरन्तर
अग्रसर रहँदै, यो योजना नयाँ वर्षलाई विशेष र उत्साहजनक बनाउन तयार गरिएको हो । नयाँ वर्ष २०८२को स्वागतलाई थप उल्लासमय बनाउँदै, Level Up! with CG Life Huncha Easy" उपभोक्ता योजना सीजीको प्रतिबद्धता र ग्राहक-केन्द्रित दृष्टिकोणको प्रमाण हो । 

प्रतिक्रिया दिनुहोस
एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...

नेपालीको चिसो साथी बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर

  गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ— बिहान पकाएको...

आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा

    व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई...

‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न

  विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन,...