सिजी सोलार वाटर हिटरको न्यानो, शतप्रतिशत सौर्य ऊर्जा, शून्य बिजुली खर्च



हाम्रो इकोनोमि

 

नेपाली उपभोक्ताका लागि परिचित कम्पनि सिजी इलेक्ट्रोनिक्सले नवीनतम सौर्य
प्रविधिसहितको सिजी सोलार वाटर हिटर नेपाली बजारमा अत्याधिक माग रहेको
कम्पनिले दावी गरेको छ । यो वातावरणमैत्री सौर्य गिजरले परम्परागत ऊर्जा
स्रोतको निर्भरतालाई कम गर्दै ग्राहकहरूको जीवनलाई थप सरल र ऊर्जा-दक्ष
बनाउने लक्ष्य लिएको छ । ५ वर्षको ग्यारेन्टी सहित आएको यस गिजरमा
इभ्याकुएटेड ट्यूब कलेक्टर टेक्नोलोजीको प्रयोग गरिएको छ, जसले सौर्य ऊर्जाको
अधिकतम उपयोग गर्दै पानी तताउन थप प्रभावकारी बनाउँछ । ऊर्जा बचतमा
योगदान दिने यस गिजरले बिजुली खर्च उल्लेखनीय रूपमा घटाउन सक्छ, जसले
ग्राहकहरूको आर्थिक बचत मात्र होइन, वातावरणीय जिम्मेवारी बहन गर्नमा समेत
सहयोग पुर्‍याउँछ । CG Solar Water Heater विभिन्न क्षमताहरू (१५ ट्यूबदेखि ३६ ट्यूबसम्म) र दबाब प्रणालीमा उपलब्ध छ, जसले साना तथा ठूला परिवारहरूको आवश्यकतालाई सहजै पूरा गर्न सक्छ । 15-20 ट्युब गिजर साना परिवारहरूको लागि, 24-30 ट्युब गिजर मध्यम परिवारको लागि, र 36 ट्युब गिजर ठूला परिवार वा व्यवसायिक प्रयोगका लागि उपयुक्त छन् । यसमा एण्टी-कोरोसन कोटिंग र मौसम प्रतिरोधी डिजाइन रहेको छ, जसले यसलाई सबै प्रकारका मौसममा टिकाउ र भरपर्दो बनाएको छ । साथै, यसको प्रयोगकर्ता-मैत्री डिजाइनले गिजरको सजिलो स्थापना र मर्मत सुनिश्चित गरेको छ । नेपालले स्वच्छ ऊर्जातर्फको आफ्नो यात्रा अघि बढाइरहेको यो समयमा, CG Electronics ले नवीकरणीय ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्दै दिगो भविष्य निर्माणको दिशामा कदम उठाएको छ। यो गिजरले जाडोमा न्यानो र ऊर्जा बचतसँगै हरित भविष्य निर्माणमा योगदान पुर्‍याउनेछ । CG Solar Water Heater नेपालभरका CG Electronics शोरूमहरूमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस
एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...

नेपालीको चिसो साथी बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर

  गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ— बिहान पकाएको...

आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा

    व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई...

‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न

  विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन,...