कान्तिपुरमा कांग्रेस सांसदहरूको ओहोरदोहोर



हाम्रो इकोनोमि

 

 

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई भेटेर आफूहरू उनको साथमा रहेको जानकारी गराएका छन् ।नागरिकता किर्ते गरेको अभियोगमा अनुसन्धान गर्न आवश्यक रहेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालतबाट मंगलवारमात्र सिरोहियाविरुद्ध पक्राउ पुर्जी लिएको थियो । सिरोहियालाई पक्राउ पुर्जी जारी भएपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहित कांग्रेस सांसदहरू राजेन्द्र बजगाईँ,दीपक गिरी,राजु थापालगायत थापाथलीस्थित कान्तिपुरको कर्पोरेट कार्यालयमा पुगेर ऐक्यबद्धता जनाएका हुन् । कांग्रेस सांसदहरूसमक्ष सिरोहियाले कान्तिपुरविरुद्ध गृहमन्त्रीले व्यक्तिगत प्रतिशोध लिएको बताएका छन् । सो अवसरमा छोरा सम्भव र बुहारी श्रृंखलासहित उपस्थित भएका सिरोयिहा तथा कान्तिपुरका पत्रकारहरूले पनि पूर्वाग्रही कारबाहीविरुद्ध एकजुट हुन आग्रह गरेका छन् । यसअघि संसद भवनभित्रबाटै सांसद राजेन्द्र बजगाईले लोकतन्त्रको पहरेदार कान्तिपुरको पक्षमा खडा हुन आह्वान गरेका थिए । कान्तिपुरमा कांग्रेस सांसदहरुहरुको ओहोरदोहोर चलिरहेको छ । उता सिरोहियाले पक्राउ पुर्जीविरुद्ध सर्बोच्च अदालतमा रिट दायर गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस
इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...