कान्तिपुरमा कांग्रेस सांसदहरूको ओहोरदोहोर



हाम्रो इकोनोमि

 

 

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई भेटेर आफूहरू उनको साथमा रहेको जानकारी गराएका छन् ।नागरिकता किर्ते गरेको अभियोगमा अनुसन्धान गर्न आवश्यक रहेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालतबाट मंगलवारमात्र सिरोहियाविरुद्ध पक्राउ पुर्जी लिएको थियो । सिरोहियालाई पक्राउ पुर्जी जारी भएपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहित कांग्रेस सांसदहरू राजेन्द्र बजगाईँ,दीपक गिरी,राजु थापालगायत थापाथलीस्थित कान्तिपुरको कर्पोरेट कार्यालयमा पुगेर ऐक्यबद्धता जनाएका हुन् । कांग्रेस सांसदहरूसमक्ष सिरोहियाले कान्तिपुरविरुद्ध गृहमन्त्रीले व्यक्तिगत प्रतिशोध लिएको बताएका छन् । सो अवसरमा छोरा सम्भव र बुहारी श्रृंखलासहित उपस्थित भएका सिरोयिहा तथा कान्तिपुरका पत्रकारहरूले पनि पूर्वाग्रही कारबाहीविरुद्ध एकजुट हुन आग्रह गरेका छन् । यसअघि संसद भवनभित्रबाटै सांसद राजेन्द्र बजगाईले लोकतन्त्रको पहरेदार कान्तिपुरको पक्षमा खडा हुन आह्वान गरेका थिए । कान्तिपुरमा कांग्रेस सांसदहरुहरुको ओहोरदोहोर चलिरहेको छ । उता सिरोहियाले पक्राउ पुर्जीविरुद्ध सर्बोच्च अदालतमा रिट दायर गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस
इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...

अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर निधन

    अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ ।...