गृहमन्त्री श्रेष्ठलाई प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेतले दिए यस्तो चुनौती



 

 

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले आफूले लेखेको तथ्यलाई साइबर क्राइम पुष्टि गरेर देखाउन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चुनौती दिएका छन् । सामाजिक सञ्जालमार्फत बस्नेतले आफूले बुधबार लेखेको स्टाटसलाई साइबर क्राइम पुष्टि गरेर देखाउन चुनौती दिदै साइबर आतङ्क मच्चाएर कलम बन्द गराउन नखोज्न सुझाव समेत दिएका हुन् ।आफूले गृह मन्त्रालय नेतृत्वमाथि प्रश्न उठाउँदा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूविरुद्ध साइबर अपराधको मुद्दा लगाएर थुन्न प्रहरीलाई निर्देशन दिएको आरोप अध्यक्ष बस्नेतको छ ।

गृहमन्त्रीको सचिवालयले बिहीबार दिनभर आफूलाई पक्राउ गरिएको भनेर समाचार लेखाएको र साइबर व्युरोमा उजुरी दिएको भनेर धम्की दिएको उनको नभाइ छ । ‘दिनभर सचिवालयका सदस्य खटाएर मलाई पक्राउ गर्‍यो भनेर समाचार लेखाउने काम भयो । समाचार लेख्नेहरू अहिले गृहमन्त्रीको सचिवालयबाट गलत सूचना दिए भन्दै हटाइरहेका छन् । सुनकोशी डटकमले समाचार हटाएको छ । त्यो समाचार लेखाउने व्यक्ति गृहमन्त्रीकै सचिवालयका सदस्य हुन् भन्ने कुरा प्रमाणित भइसकेको छ,’ उनले लेखेका छन् ।

गृहमन्त्रीका प्रेस हेर्ने कमल गिरीले समेत नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएर आँए भन्दै स्ट्याटस सच्याउन आग्रह गरेको उनले उल्लेख गरेका छन् । ‘गृहमन्त्रीको सचिवालयबाट प्रहरीमा उजुरी गरेँ भन्नु नै पदको चरम दुरुपयोग हो,’ उनले लेखेका छन्, ‘साइबर आतङ्क मच्चाएर बिरोधी सबैको मुख बन्द गराएर आफूले गरेको सबै गल्ती ढाकछोप पार्ने र सत्यलाई घाँटी निमोठेर मार्ने योजना नै हो ।’ उनले अगाडि लेखेका छन्, ‘मैले हिजो आएको सूचना अनुसार गृह मन्त्रालयको नेतृत्वको संलग्नताबिना यति धेरै अर्थात् एक क्वीन्टल भन्दा बढी सुन ल्याउन र भन्सार कटाएर सडकमा ल्याउन सम्भव नै थिएन भनेको थिएँ । यो कुरामा प्रश्न गर्नु वा प्रश्न उठाउनु पनि अपराध हो र ?’

 

यस्तो छ, बस्नेतको चुनौतीसहितको स्पष्टीकरण–

गृहमन्त्रीलाई खुला चुनौती

काँक्रो आफूले खाएर बियाँ अरुको निधारमा टाँस्ने काममा हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठ माहिर हुनुहुन्छ । उहाँबाट यही अपेक्षा थियो, भयो । मलाई थाह छ, कमरेड नारायणकाजी श्रेष्ठको विशेष रुची भन्सारतिर कर्मचारी सरुवामा हुन्छ । कतिपय घटनाका साँक्षी म आफै छु ।

एकपटक उहाँले अर्थमन्त्रीलाई फोन गरेर त्रिभुवन बिमानस्थल भन्सार कार्यालयदेखि चार वटा भन्सारका प्रमुख सरुवा गर्न नाम टिपाउँदा म प्रत्यक्षदर्शी थिएँ । प्रहरीको सरुवा र बढुवामा पनि कमरेडको राम्रै रुची रहेको कुरा कुनै बेला प्रमाणसहित ल्याउँला । आफू राम्रो बाँकी सबै नराम्रा भन्ने विचारका प्रणेता गृहमन्त्री कमरेड नारायणकाजी श्रेष्ठले आफ्नै सचिवालयबाट फोन गरेर प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत अर्थात् मलाई प्रहरीले पक्राउ गर्‍यो भनेर समाचार लेखाउनु भएछ ।

दिनभर सचिवालयका सदस्य खटाएर मलाई पक्राउ गर्यो भनेर समाचार लेखाउने काम भयो । समाचार लेख्नेहरू अहिले गृहमन्त्रीको सचिवालयबाट गलत सूचना दिए भन्दै हटाइरहेका छन । सुनकोशी डटकमले समाचार हटाएको छ । त्यो समाचार लेखाउने व्यक्ति गृहमन्त्रीकै सचिवालयका सदस्य हुन भन्ने कुरा प्रमाणित भइसकेको छ । भर्खरै गृहमन्त्रीका प्रेस हेर्ने मित्र कमल गिरीले नेपाल प्रहरीको साइवर ब्यूरोमा उजुरी दिएर आँए भन्दै तपाइँले स्ट्याटस सच्याउनुस भन्नुभयो । मैले भनेँ, साइबर क्राइम लगाउने बिषय के हो मलाई पनि थाह छ । उहाँको बोली धम्कीकै थियो ।

धेरै साथीले उहाँले नै म पक्राउ परेको भनेर समाचार लेखाउनुभएको भनेर मलाई भन्नुभएको छ । उहाँले मैले त्यसो गरेको होइन, तर गृहमन्त्रीको सचिवालयमा भएको नाताले उजुरी दिएर आएको छु भन्नुभयो । गृहमन्त्रीको सचिवालयबाट प्रहरीमा उजुरी गरेँ भन्नु नै पदको चरम दुरुपयोग हो । आतंक मच्चाए, बिरोधी सबैको मुख बन्द गराएर आफूले गरेको सबै गल्ती ढाकछोप पार्ने र सत्यलाई घाँटी निमोठेर मार्ने योजना नै हो ।

मैले हिजो आएको सूचना अनुसार गृह मन्त्रालयको नेतृत्वको संलग्नताबिना यति धेरै अर्थात् एक क्वीन्टल भन्दा बढी सुन ल्याउन र भन्सार कटाएर सडकमा ल्याउन संभव नै थिएन भनेको थिएँ । यो कुरामा प्रश्न गर्नु वा प्रश्न उठाउनु पनि अपराध हो र ? माथिल्लो तहको संलग्नताबिना बिमानस्थलबाट एक क्वीन्टल सुन भित्र्याउन संभव छ गृहमन्त्रीज्यू ? बिगतमा तपाईं नै यसरी प्रश्न गर्ने गर्नुभएको थिएन र ?

कमरेड नारायणकाजीबाट यही अपेक्षा थियो, खुसीको खवर सुनियो, दिनभर समाचार लेखाइयो, अनि प्रहरीलाई निर्देशन दिइयो, ‘साइबर क्राइम लगाऊ ।’

प्रिय नारायणकाजी कमरेड, तपाइँले २०६५ सालदेखि को–कोबिरुद्ध समाचार लेखाउनु भयो ? के के काम गर्नुभयो ? भर्खरै मात्र पनि पत्रकार बोलाएर मबाहेक प्रधानमन्त्री र अरु सबै मन्त्रीको धन्दा ठीक भएन, काम गर्ने त ममात्रै भएँ, मलाई कसैबाट सहयोग भएन भनेर आफ्नै मुखारबृन्दबाट ओकल्नु भएकै हो । कमरेड सबै कुरा थाहा छ, मैले हिजो बेलुका लेखेको यो स्ट्याटसलाई साइबर क्राइम प्रमाणित गरेर देखाउनोस् ।

प्रतिक्रिया दिनुहोस
ललितपुरको महालक्ष्मी नगरपालिकामा पैदल यात्रीहरुका लागि स्वचालित जेब्रा क्रसिगं ट्राफिक लाइटको उद्घाटन

    ललितपुरको महालक्ष्मी नगरपालिकामा स्वचालित जेब्रा क्रसिगं भिडियो रोल ट्राफिक जनचेतना जगाउन 

हिला मन्त्री चौधरी र पूर्व राजदूत लिउ युहेबिच भेट

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी र पूर्व राजदूत

प्रधानमन्त्री प्रचण्डको भारतका राष्ट्रपति द्रौपदी मुर्मु सँग भेटवार्ता

  भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता

हेयर एण्ड शान्ति र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ,कमलादि स्थित हेयर एण्ड शान्ति