पत्रकार महासंघकी माओवादी केन्द्र ? खोप र राहत सहयोग समेत चलखेल



हाम्रो इकोनोमि

 

 

  कोरोना महामारीले सञ्चार क्षेत्र थिलथिलो बनाइरहेको बेला पत्रकारहरुको साझा थलो नेपाल पत्रकार महासंघ भने एकपक्षीय भएको गुनासो बढ्दै गएको छ । पत्रकारका नाममा छुट्याएका खोप, स्वास्थ्य सामाग्री र अन्य सहयोग एकपक्षीय रुपमा माओवादी केन्द्र निकटले मात्र पाउँदै आएको पीडितले सुनाएका छन् । त्यति मात्र होइन, पीडित पत्रकारका नाममा आएका खाद्य सामाग्रीको समेत कुनै लेखाजोखा नगरी अमुक ठाउँमा वितरण हुदै आएको छ । महासंघमा कांग्रेस निकट प्रेस युनियनबाट निर्वाचित अध्यक्ष विपुल पोखरेल र बरिष्ठ उपाध्यक्ष रमेश विष्ट निस्क्रिय बनेका छन् । पोखरेल लामो समयदेखि काठमाडौं छैनन् । काठमाडौंमा भएका विष्ट पनि कमै कार्यालय आउँछन् । आफूभन्दा माथिका पदाधिकारी कार्यालयमा अनुपस्थित हुने गरेकाले माओवादी निकट संगठन प्रेस सेन्टरबाट निर्वाचित महासचिव रोशन पुरीले महासंघका सबै काममा केही सदस्यलाई हातमा लिएर एक छत्र गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । धेरै जसो राहत माओवादी निकटका पत्रकार मात्र नभै कार्यकर्ता समेतलाई वितरण समेत गरेको पाइएपछि महासंघका सदस्यहरुले यो विषय छानवीन गर्न कम्तीमा पदाधिकारी बैठक राख्न सुझाव दिइरहेका छन् ।
महासचिवले राहत सामाग्री एकलौटी रुपमा आफू निकटका केही पत्रकार र माओवादी कार्यकर्तालाई बाँडेका छन् । महासंघभित्र पत्रकारको नाममा आउने सहयोगको कुनै लेखाजोखा छैन । हामीले यो यसबारे बैठक राखौं भनेर कराउँदा कुनै सुनुवाई भएको छैन, एक केन्द्रीय सदस्यको आक्रोश छ । पत्रकारको नाममा आएको खोप गैरपत्रकारलाई लगाइएको सूचना स्वास्थ्य मन्त्रालयमा समेत पुगेको छ । यस्तो थाहा पाएपछि मन्त्रालयले थप खोपको व्यवस्था गर्न असमर्थ रहेको जानकारी गराइसकेको छ । थप खोपमा ढिलाई भएपछि पुरीकै सल्लाहमा केही पत्रकारले अदालतमा मुद्धा हालेपछि सरकार पक्ष झन् चिढिएको अर्का एक पत्रकारले सुनाए । खोप माग्दै अदालत गएर केटाकेटी काम भएको छ, अब कहिले अदालतले निर्णय गर्ला ? अनि खोप पाउनु । मन्त्रालयलाई चिढाउने काम मात्र भयो, ती केन्द्रीय सदस्य भन्छन्, भएका खोप जति गैरपत्रकारलाई लगाएर सक्ने ।
अनि पत्रकारलाई पाखा लगाउने काम भयो । महासंघ स्रोतका अनुसार कोरोना महामारी पीडित पत्रकारका नाममा गैरआवासीय नेपालीहरुको संस्था एनआरनसहित विभिन्न मनकारी व्यक्तिहरुले दिएका सहयोगको पनि लेखाजोखा राम्रो छैन । त्यस्तै विरामी पत्रकारको नाममा दिइने आर्थिक सहयोग समेतमा ठूलो चलखेल भएको बुझिएको छ । राहतलगायत सहयोग पूर्व वाइसिएलमा संलग्न युवा, महासंघ पदाधिकारीकै आफन्तहरु र अन्य गैरपत्रकारले पाएको सूचना थाहा पाएपछि केन्द्रीय सदस्यहरु माधव पौडेल, विकास कार्की, दिपेन्द्र रुम्दालीलगायतले महासचिव पुरीमाथि प्रश्न उठाएको थाहा भएको छ । महासंघका एक कर्मचारीका अनुसार कतिपय सामानहरु साँझ भएपछि बाहिर लाने गरिएको छ । माओवादी निकट झिल्को प्रकासन गृहतिर केही सहयोग पुगेको छ । त्यस्तै, पत्रकारहरु बोमलाल गिरी, सुफल काफ्ले सहितको घेराबन्दीमा रहेर पुरीले राहत आफूखुशी गरेको आक्षेप ती केन्द्रीय सदस्यको छ । महासचिवको कार्यशैली सुधार नभए आफै आएर तालाबन्दी गर्ने धम्की केही दिन अघि अर्का केन्द्रीय सदस्य रमेश खतिवडाले दिएका थिए । खतिवडाले यसबारे कांग्रेसको प्रचार विभागमा समेत मौखिक उजुरी गरेको थाहा भएको छ ।

प्रतिक्रिया दिनुहोस
एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...

नेपालीको चिसो साथी बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर

  गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ— बिहान पकाएको...

आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा

    व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई...

‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न

  विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन,...