अमिताभ बच्चनमा देखियो डरलाग्दो स्वास्थ्य समस्या, ७५ प्रतिशत फोक्सोले काम गरेन
चर्चित बलिउड अमिताभ बच्चन ३७ वर्षदेखि हरेक आइतबार जुहू स्थित आफ्नो निवास जलसा गेटमा आफ्ना सर्मथकलाई भेट्दै आएका छन् । यो पटकको आइतबार भने उनी स्वास्थ्य समस्याका कारण आफ्ना सर्मथकहरुसँग भेट्न पाएनन् ।
उनले आफु बिरामी भएका कारण फ्यानहरुलाई भेट्न नपाएको भन्दै दुःखेसो गरेका छन् । अमिताभ १९८२ देखि हरेक आइतबार आफ्ना सर्मथकसँग भेट्दै आएका छन् ।
ट्वीटमा अमिताभले लेखेका छन, ‘आइतबार भेट हुन सक्दैन । म बिरामी छु ।’ उनको ट्वीट पढेपछि उनका फ्यानहरुले स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
उनलाई आराम गर्नको लागि सुझाउने फ्यानहरु पनि उस्तै रहेका छन् । ट्वीटमा मात्रै होईन उनले ब्लगमार्फत पनि यसका बारेमा जानकारी दिएका छन । उनले लेखे, ‘आइतबार भेटघाट सम्भव भएन । ओछ्यानमा छु केही पिडा महसुस हुँदैछ ।’
तपाईलाई जानकारी गराउँ गएको २० वर्ष देखि अमिताभ हेपीटाइटिस बी रोगबाट पिडित छन् । उनको फोक्सो ७५ प्रतिशत खराब भएको छ र बाँकी २५ प्रतिशत काम गरिरहेको छ ।
यसकारण उनलाई समयसमयमा पेट दुख्ने समस्या हुने गर्दछ । फिल्म कुलीको शूटिङको समयमा जब उनी घाइते भए त्यो बेला देखि उनलाई हेपीटाइटिस बी लागेको हो । एजेन्सी