उठ्ने बित्तिकै बीरे नुनपानी पिउँनुका यस्ता अदभुत १३ फाइदा !



 

आयुर्वेदका अनुसार बीरेनुनलाई आफ्नो आहारसँगै प्रयोग गर्नाले विभिन्न किसीमका रोगहरुबाट छुट्कारा पाउन सकिन्छ। यसले मधुमेह , उच्च रक्तचाप, पेटसम्बन्धि समस्याहरुबाट छुट्कारा दिलाउँछ।

 

किनकी यसमा ८० प्रकारको खनिज पदार्थहरु पाईन्छ। विहान बीरेनुनलाई पानीमा मिसाएर खानुभयो भने, तपाईंको स्वास्थ्य निकै नै राम्रो हुन्छ।

 

बीरेनुनयुक्त पानी बनाउने तरिका

एक गिलास मन्तातो पानीमा आधा सानो चम्चा बीरेनुनलाई मिसाउनुहोस् । यसलाई राम्ररी चलाई २४ घण्टाको लागि त्यसै छोड्नुहोस् । नुन पुरै रुपमा पानीमा घुलेपछि यस पानीलाई पिउनुहोस्।

बीरेनुनयुक्त पानीलाई पिउनाले हुने फाईदाहरु ! जानी राखौ :-

 

१) पाचनशक्तिमा सुधार ल्याउँछ

पेटभित्र हाइड्रोक्लोरिक एसिड र प्रोटिनलाई पुर्याउने इन्जाईमलाई उत्तेजित बनाउनमा मद्धत गर्दछ । यसबाट पाचन शक्तिमा सुधार आउँछ ।

 

२) मोटोपन घटाउँछ

यसले पाचन शक्तिलाई बढाई शरीरको कोशिकाहरुमा पोषण पुर्याउँछ । जस्ले गर्दा मोटोपन घटाउनमा मद्धत मिल्छ ।

 

३) जोर्नीको दुखाईबाट आराम दिलाउँछ

मांसपेशी र जोर्नीको दुखाईलाई बीरेनुनको प्रयोगले आराम दिलाउँछ । एउटा कपडामा १ कप बीरेनुनलाई हाली त्यसलाई बाँधी पोका बनाउनुहोस् । त्यसपछि यसलाई ताप्केमा राखेर थोरै तताउनुहोस् । र यसलाई जोर्नी दुखेको ठाउँमा लगाउनुहोस् ।

 

४) छाती दुख्ने समस्याबाट मुक्ति

यसले पेटमा बन्ने एसिडलाई हटाई छाती दुख्ने समस्याबाट छुट्कारा दिलाउनुको साथै एसिडिटीलाई पनि ठिक गर्छ ।

 

५) कोलेस्ट्रोललाई नियन्त्रण गर्छ

बीरेनुनको प्रयोगले रगत पातलो हुने हुन्छ । जस्ले पुरै शरीरलाई आराम मिल्दछ । यसले गर्दा तपाईंको कोलेस्ट्रोल र उच्च रक्तचाप नियन्त्रण हुने गर्छ ।

 

६) शिशुहरुको लागि निकै नै राम्रो

बीरेनुनको प्रयोग सानो बच्चाको लागि निकै नै राम्रो हुन्छ । यसले अपच र खोकीको समस्यालाई हटाउनमा मद्धत गर्छ । शिशुहरुको भोजनमा थोरै बीरेनुनलाई हालेर खानाले पेटसम्बन्धि समस्या निको हुनुको साथै खोकीबाट आराम मिल्छ ।

 

७) राम्रो निन्द्रा ल्याउनमा मद्धत गर्छ

बीरेनुनले कोर्टिसोल र एड्रनलाईन जस्तो दुई खतरनाक हार्मोनलाई कम गर्छ । यसले गर्दा राति राम्रो निन्द्रा आउने हुन्छ ।

 

८) छालाको समस्याबाट छुट्कारा दिलाउँछ

बीरेनुनको पानीको सेवनले छालामा भएको दागहरु हट्नुको साथै चम्किलो र सफा छाला बन्ने हुन्छ । बीरेनुन सौन्दर्यताको लागि पनि निकै नै फाईदाजनक छ ।

प्रतिक्रिया दिनुहोस
दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्न मन्त्री पौडेलको निर्देशन

    स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरुको सेवा प्रभावकारी बनाउन ९ बुँदे

सरकारी अस्पतालमा लाइन बस्न नपर्ने बनाउँछौं : प्रदीप पौडेल

    नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा सेवा

रास्वपा महामन्त्री मुकुल ढकाल पदबाट बर्खास्त

    राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ