नौ वर्षदेखि विद्युत्गृह अलपत्र



हाम्रो इकोनोमि

सिक्तेल खोला जलविद्युत् आयोजना संरक्षणको अभावमा अलपत्र परेको छ । बिग्रिएको करीब नौ वर्ष हुँदा पनि सञ्चालनमा नआउँदा विद्युत्का साम्रगी कवाडमा परिणत भएका छन् ।
जिल्लामा तत्कालीन समयमा बजार क्षेत्रसंँगै आसपासका ठाउँमा विद्युत् वितरण गरिरहेको आयोजना सम्बन्धित निकायको आपसी विवादका कारण अलपत्र परेको हो । बन्द भएको लामो समय हँुदा पनि सञ्चालनमा ल्याउन कसैको खास चासो गएको छैन ।

सरकारले निजी क्षेत्रलाई विद्युत्गृह हस्तान्तरण गर्ने क्रममा उक्त जलविद्युत् आयोजना पनि भोजपुर विद्युत् सहयोग समितिलाई हस्तान्तरण गरेको थियो । त्यसपछि समितिलाई नेपाल विद्युत् प्राधिकरणले मर्मत खर्चवापतको करीब रु दुई करोड भुक्तानी नदिएको भन्दै मुद्दा लगायो । फ उता समितिले पनि प्राधिकरणलाई भाडा नदिएको भन्दै दुईतर्फबाट एकले अर्काविरुद्ध अदालतमा मुद्दा हालेका छन् ।
दुवै पक्षको आपसी विवादको शिकार आयोजना वनेको प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ । जिल्लामा केन्द्रीय प्रसारण लाइन नजोडिँदासम्म सो विद्युत्गृहले भोजपुुरमा विद्युत् वितरण गरिरहेको थियो । हाल विद्युत्गृह सडक निर्माणका क्रममा माथिबाट ढुङ्गा झरेर क्षतविक्षत बनेको छ ।

आयोजनाले तत्कालीन समयमा २५० किलोवाट विद्युत् उत्पादन गरिरहेको थियो । विद्युत्गृह वन्द हुनुमा स्थानीयवासीले दुखेसो गरेका छन् । कानूनी विवादको समाधान गरी सञ्चालनमा ल्याउन भोजपुरका जनताको माग छ । स्थानीयवासी ज्ञानबहादुर कार्कीले भन्नुभयो, “एक अर्कामा मुद्दा हालेर काम रोक्नु राम्रो होइन, यसमा सम्बन्धित निकायको पूरै बेवास्ता हो ।”
स्थानीयस्तरमा विद्युत् विस्तारमा लाग्नु सट्टा मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउन सकिने विद्युत्गृहको सामान कवाडीमा परिणत हुँदा सरोकार निकायले चासो नदिएको स्थानियले वताउनु गरेका छन् । विद्युतगृह २०३८ सालवाट सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस
रित्तो सिलिन्डर बोकेर बालेन सरकारविरुद्ध प्रदर्शन

  खाना पकाउने ग्यास नपाउँदा विद्यार्थीले समस्या भोग्नुपरेको भन्दै नेविसंघले खाली सिलिन्डर बोकेर...

भदौ ९ देखि १४ सम्म भृकुटीमण्डपमा नाडा अटो सो आयोजना हुने

    अटोमोबाइल प्रदर्शनीको १८औँ संस्करणको नाडा अटो सो यही ९ देखि १४...

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्...

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

  नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम...