भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो



हाम्रो इकोनोमि

 

नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गर्ने गर्दछ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्रत्येक महिनाको अन्तिम दिन र १५ तारिखमा नयाँ मूल्य प्राप्त हुने र सोही आधारमा निगमले मूल्य समायोजन गर्ने प्रचलन छ। तर, हिजो १ तारिखमा नयाँ मूल्य प्राप्त भए पनि निगमले हालसम्म नयाँ मूल्यसूची सार्वजनिक गरेको छैन । स्वचालित मूल्य प्रणालीअनुसार २ रुपैयाँसम्म मूल्य घटाउने वा बढाउने अधिकार निगम व्यवस्थापनलाई हुन्छ । सोभन्दा बढी मूल्य हेरफेर गर्नुपर्ने अवस्थामा निगमको सञ्चालक समितिको बैठक बस्नुपर्ने कानुनी व्यवस्था छ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार हिजो प्राप्त नयाँ मूल्यमा ठूलो परिवर्तन भएकाले सञ्चालक समितिको बैठक बसेर निर्णय भएपछि मात्र नयाँ मूल्यसूची सार्वजनिक गरिनेछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति सचिव निगमको सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था छ । हाल निगमको सञ्चालक समिति अध्यक्षमा मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी छन् । सदस्यहरूमा उद्योग मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदी, अर्थ मन्त्रालयका सहसचिव शङ्करबहादुर केसी, गुणस्तर तथा नापतौल विभागकी महानिर्देशक कुमारी ज्योति जोशी र वाणिज्य विभागका महानिर्देशक मोतिराम सापकोटा, यस्तै विज्ञ सदस्यका रूपमा नरबहादुर ऐर, सदस्य सचिवमा ई.दीपक बराल र आमन्त्रित सदस्यमा आधिकारिक ट्रेड युनियनका वीरेन्द्रबहादुर चन्द छन् । निगम स्रोतका अनुसार यसपटक भारतबाट पेट्रोलियम पदार्थको मूल्य दोहोरो अंकले बढेर आएको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...