आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त



हाम्रो इकोनोमि

 

 

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । हिजो (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गरेको मुख्यसचिव गोबिन्दबहादुर कार्कीले जानकारी दिए ।

साह आयल निगमको पूर्वनिमित्त कार्यकारी निर्देशक हुन् । उनी उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले आह्वान गरेको खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्तीका लागि उत्कृष्ट तीनमा परेका थिए ।

साहसँगै प्यूठानका कौशल केसी र सप्तरीका संजीवकुमार देव प्रतिस्पर्धामा थिए । यीमध्ये, अनुभव र योग्यताका आधारमा साह नै बलिया उम्मेदवार भएका कारण मन्त्रिपरिषद्ले उनलाई नै नियुक्त गरेको हो । साहको काँधमा सरकारको योजनाअनुसार ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण गर्नुपर्ने प्रमुख चुनौती छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...