आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त



हाम्रो इकोनोमि

 

 

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । हिजो (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गरेको मुख्यसचिव गोबिन्दबहादुर कार्कीले जानकारी दिए ।

साह आयल निगमको पूर्वनिमित्त कार्यकारी निर्देशक हुन् । उनी उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले आह्वान गरेको खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्तीका लागि उत्कृष्ट तीनमा परेका थिए ।

साहसँगै प्यूठानका कौशल केसी र सप्तरीका संजीवकुमार देव प्रतिस्पर्धामा थिए । यीमध्ये, अनुभव र योग्यताका आधारमा साह नै बलिया उम्मेदवार भएका कारण मन्त्रिपरिषद्ले उनलाई नै नियुक्त गरेको हो । साहको काँधमा सरकारको योजनाअनुसार ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण गर्नुपर्ने प्रमुख चुनौती छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...