काठेखोला गाउँपालिका–४ तंग्रामका किसानले बाख्रापालनबाट एक करोड आम्दानी



हाम्रो इकोनोमि

काठेखोला गाउँपालिका–४ तंग्रामका किसानले बाख्रापालनबाट वार्षिक रु एक करोडभन्दा बढी आम्दानी गरेका छन् ।

व्यावसायिक रुपमा बाख्रापालन गर्दैआएका किसानले गत आवमा मात्र ९२५ खसीबोका बिक्री गरी रु ८६ लाख आम्दानी गरेका छन् । उनीहरुले सप्तरंगी सामाजिक उद्यमी महिला विकास सहकारी संस्थामार्फत ती खसीबोका बिक्री गरेका हुन् ।

यस्तै वसन्त सामाजिक उद्यमी महिला विकास सहकारी संस्थाले १४० खसीबोका बिक्री गरी रु १४ लाख ९० हजार आम्दानी गरेको छ । किसानले दुईवटै सहकारीमार्फत खसीबोका बिक्री गरेका हुन् । गाउँका अधिकांश किसान सहकारीमा आबद्ध रहेका सप्तरंगी सहकारीका अध्यक्ष थमकुमारी श्रीसले बताउनुभयो । पछिल्लो तीन वर्षयता वार्षिक रु एक करोडभन्दा बढीको कारोबार हुँदै आएको छ ।

दुवै सहकारीमा आवद्ध अधिकांश किसान बाख्रापालनमा संलग्न छन् । “धेरैले ४० देखि ५० वटासम्म पाल्नुभएको छ,” अध्यक्ष श्रीसले भन्नुभयो, “दुई÷चार बाख्रा त सबैले पालेका छन् ।” ‘हेफर इन्टरनेशनल’मार्फत तंग्राममा साना किसान सबलीकरण परियोजनाले किसानलाई आयआर्जनमा लाग्न प्रेरित गरेको हो । परियोजनाले किसानलाई उद्यममा लगाउन ‘बाख्रा उपहार’ कार्यक्रम सञ्चालन गरेको छ ।

परियोजनाले किसानलाई सीप र प्रविधिमा बाख्रा बिक्री वितरणमा सघाउँदै आएको छ । बाख्रा बिक्रीको जिम्मा सहकारीले लिएपछि किसान ढुक्क छन् । “हामीले पालेका खसीबोका सहकारीले खरीद गर्छ, उसैले बेच्छ,” स्थानीयवासी सुरेश घर्तीले भन्नुभयो । दक्षिण कोरियाबाट फर्केपछि व्यावसायिक बाख्रपालन शुरु गर्नुभएका घर्तीले हाल ४० बाख्रा पाल्नुभएको छ ।

मनग्य आम्दानी हुने भएपछि घर्ती जस्तै अन्य किसानले बाख्रापालनलाई विस्तार गर्दै लगेका छन् । तंग्राम, फापरखेतका मेखबहादुर पुन वैदेशिक रोजगारीबाट फर्केर व्यावसायिक बाख्रपालनमा लाग्नुभएको छ । विदेशमा गर्ने जति मिहेनतले यही पर्याप्त आम्दानी गर्न सकिने पुनको विश्वास छ ।

मगर जातिको बसोबास रहेको तंग्राममा केही वर्षअघिसम्म बाख्रा पाल्ने चलन थिएन । हेफर इन्टरनेशनलको सहयोगमा भीमापोखरा युवा क्लब (बिवाइसी) बागलुङले ‘बाख्रा उपहार’ कार्यक्रम चलाएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । साप्ताहिक रुपमा बाख्रा खरीद गरेर बिक्री गर्ने गरेको वसन्त सहकारी संस्थाका प्रबन्धक हेमा विकले बताउनुभयो । उद्यममार्फत गाउँलेलाई आत्मनिर्भर बनाउन सहकारीले सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
पोल्ट्री व्यवसायीको माइतीघरमा आन्दोलन

    पोल्ट्री व्यवसायीहरु आन्दोलित भएका छन् । साना किसानको विस्थान बन्द गर्नु...

रित्तो सिलिन्डर बोकेर बालेन सरकारविरुद्ध प्रदर्शन

  खाना पकाउने ग्यास नपाउँदा विद्यार्थीले समस्या भोग्नुपरेको भन्दै नेविसंघले खाली सिलिन्डर बोकेर...

भदौ ९ देखि १४ सम्म भृकुटीमण्डपमा नाडा अटो सो आयोजना हुने

    अटोमोबाइल प्रदर्शनीको १८औँ संस्करणको नाडा अटो सो यही ९ देखि १४...

९६ प्रतिशत सकियो धान रोपाइँ

    देशभर हाल सम्म धान रोपाइँ ९६ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ...