सकारात्मक सोचका लागि मोटिभेसनल स्पिचको ३३७औं श्रृङ्खला



हाम्रो इकोनोमि

नेपालका एक मात्र बर्ड फ्लू बिशेषज्ञ एबं रामपुर क्याम्पसका प्राध्यापक डा होम बहादुर बस्नेतलेद्धारा सकारात्मक सोंचमा केन्द्रित भएर बिभिन्न देशमा मोटिभेसनल स्पिच दिने क्रमको ३३७औं कार्यक्रम हिजो मेलबर्नको कन्सुलेट कार्यालयमा संपन्न गरेका छन ।

डा बस्नेतले आफ्नो प्रस्तुतिको क्रममा सफलता र सुखमय जीवनको श्रोत बाहिर नभएर प्रत्येक ब्यक्तिभित्रै हुने र सकारात्मक सोंच, मनस्थिति, अरुप्रतिको आदरभाव, मनोबल आदि कुराहरुले मानिसलाई कसरी सफल बन्न र सुखी रहन सहयोग गर्छ भन्ने कुराका बिभिन्न रोचक दृस्टान्तहरु पेश गरे । प्रस्तुतिकै क्रममा डा बस्नेतले हाम्रो संस्कृति विस्वमै पाउन नसकिने र विस्वलाई नै डोर्याउन सक्ने भएको पनि बताए ।

मानिस अपांग शरिरले होइन दिमागले, परिस्थितिले होइन मनस्थितिले हुन्छ भन्दै मनस्थितिलाई तयार गरियो भने जस्तोसुकै चुनौतिपूर्ण काम पनि कसरी सरल बन्न सक्छ भन्ने कुराको दृस्टान्त पेश गरे शारीरिक रुपमा अपांग भएका ब्यक्तिले सगरमाथा कसरी चढे भनेर ।

कार्यक्रमका प्रमुख अतिथि भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत महामहिम चन्द्र योन्जनले राजनीति, सामाजिक सन्जाल जताततै अनाबस्यक किसिमले स(साना कुराहरुमा गाली गलौज, आलोचना देखिने हाम्रो समाजमा यस किसिमका कार्यक्रमको ठुलो महत्व हुने कुरा बताउनु भयो ।

कार्यक्रमको सभापतित्व गरेका लुम्बिनी(कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले सुखमय जीवनको श्रोत पूर्बीय दर्शन भएको, तर यस्को महत्व पास्चात्य जगतले बुझेर यस्लाई हामीले भन्दा बढी उनीहरुले प्रयोग गर्न थालेको बताए । उही घटनालाई कसरी लिने भन्ने कुराले मानिसको जीवन कसरी अगाडि बढ्छ भन्ने कुरालाई परिभाषित गर्ने बताउँदै श्रेष्ठले अहिलेसम्मै सबैभन्दा ठुलो बैज्ञानिकको रुपमा हामीले मान्ने आइन्स्टाइनले समेत आफ्नो क्षमताको करीब ८५ मात्रैलाई उपभोग गरेको र आफूमा अन्तर्निहित अथाह क्षमतासम्म पुग्ने एउटा शुरुको खुड्किलो सकारात्मक सोंच भएको बताए ।

बिभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको सो कार्यक्रमको उदघोषण पत्रकार एबं साहित्यकर्मी निरु त्रिपाठीले गर्नु भएको थियो ।

रंजित राई

प्रतिक्रिया दिनुहोस
इरान युद्धबाट पछि हट्दै अमेरिका

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’...

एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...

नेपालीको चिसो साथी बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर

  गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ— बिहान पकाएको...

आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा

    व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई...