सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी



अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ ।

विगत पाँच वर्षदेखि नर्सरी स्थापना गरी सुन्तला, कागती लगायतका बिरुवा उत्पादन गर्दै आएका विकले असारको दोस्रो हप्तासम्म १९ हजारभन्दा बढी सुन्तलाका बिरुवा बिक्री भर्नुभएको छ ।

रघुगंगा, मालिका, मंगला र अन्नपूर्ण गाउँपालिकाका कृषि सेवा केन्द्र तथा किसानले विकको नर्सरीमै पुगेर बिरुवा खरीद गरेका हुन् । उहाँले चार हजार कागतीका बिरुवासमेत बिक्री गर्नुभएको छ । प्रतिबिरुवा रु २० देखि रु २५ सम्ममा बिक्री हुन्छ ।

“बिरुवा सबै बिक्री हुने भएकाले नर्सरीतर्फ उत्साहित छु”, उहाँले भन्नुभयो । कृषि सेवा केन्द्रमार्फत तालीम लिएर नर्सरी स्थापना गर्नुभएका विकले हरेक वर्ष बिरुवाको माग बढ्दै गएको बताउनुभयो ।

सुन्तलाको बिरुवाका लागि तनहुँ, गोर्खा र धादिङबाट समेत माग आउने गरेको छ । बिरुवा स्थानीयस्तरमै खपत भएपछि माग पूर्ति गर्न नसकिएको उहाँको भनाइ छ ।

यस्तै, फगामकै दिलमायाँ तिलिजाले समेत रु दुई लाखको सुन्तलाको बिरुवा बिक्री गर्नुभएको छ । मनसुन शुरु भएपछि यहाँका किसान सुन्तला, कागती लगायतका फलफूलका बिरुवा रोप्न व्यस्त छन्। स्थानीय तहले समेत किसानलाई अनुदानमा फलफूलका बिरुवा वितरण गरिरहेका छन् ।

प्रकाशित मिति : २१ असार २०७५, बिहिबार  १५ : ४७  बजे

प्रतिक्रिया दिनुहोस
आयल निगमले पेट्रोलियम पर्दाथको मूल्य घटायो

     नेपाल आयल निगमले पेट्राेलियम पर्दाथको मूल्य घटाएको छ । आज राति

दुई दिनमा ४८ अंकले बढ्यो सेयर बजार

  साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको

१० केजी मल दिएर उत्पादन वृद्धि कसरी हुन्छ : बास्काेटा

     सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले किसानलाई मलको व्यवस्था गर्न

दिगो बैंकिङमार्फत नबिलको विभिन्न उपलब्धि हासिल

    नबिल बैंकले दिगो बैंकिङमार्फत विभिन्न उपलब्धि हासिल गरेको छ । हालसम्म