नयाँ शक्त्तिका नेताले भने- ‘राम बहादुर थापा (बादल) आतंकवादी हुन्’, बाबुरामलार्इ लायाे झट्का



नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्टका ४० जना नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेपछि अन्य नेता तथा कार्यकर्ता उग्र भएका छन् । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे काका’ लगायत चार दर्जन भन्दा बढि नेकपाका नेताकार्यकर्तालाई प्रहरीले पक्राउ गरेर नराम्राे गरेकाे भन्दै महासचिव बिप्लवले एक बिज्ञप्ति जारि गर्दै संकेत सरकार फासिवाद तर्फ उन्मुख भएको र यसका बिरुद्द प्रतिवाद गर्न आह्वान गरेका छन्।

प्रहरीले नेकपाका पोलीट ब्युरो सदस्य पदम राई ‘विकास’,केन्द्रीय सदस्य मकर गुरुङ, नेकपा निकट जनगणतान्त्रिक सम्पर्क समाजका केन्द्रीय अध्यक्ष रत्न मगर, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव धिरेन्द्र उपाध्याय ‘भृकुटी’ लगायतलाई पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई प्रहरी चौकी बालाजुमा राखिएको छ ।

यस्तै नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैधे किरणले पनि गिरफ्तारीको सशक्त बिरोध गरेका छन् यस्तै पुनर्गठित माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले पनि नेकपाका नेता कार्यकर्ताको गिरफ्तारीको बिरोध र भर्त्सना गरेका छन् ।

चौतर्फी बिरोधकै बीच नयाँ शक्त्ती नेपालका कास्की जिल्ला संयोजक हेम बहादुर थापा ‘किरण’ले आफ्नो फेसबुक मार्फत असारे काका लगायत लाई गिरफ्तार गर्ने राम बहादुर थापा (बादल)आतंकवादी हुन् भन्दै चर्को आलोचना गरेका छन्।

स्राेतका अनुसार नयाँ शक्त्तिका नेतालाे बादलविरुद्ध बाेलेकाेले बाबुराम भट्टरार्इ बाह्य चुनाैतीकाे सामना गर्नुपर्ने देखिएकाे छ ।

 

प्रकाशित मिति : १९ असार २०७५, मंगलबार  १९ : ११  बजे

प्रतिक्रिया दिनुहोस
प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

    प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा

अमेरिकाबाट थप १९ जना नेपाली भए डिपोर्ट

  अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट भएका छन् । अध्यागमन विभागका महानिर्देशक

सबैखाले प्रतिबन्धको सामना गर्ने सामर्थ्य राख्छौं : रुस

    रुसले अमेरिकाबाट हुनसक्ने सबै प्रकारका प्रतिबन्धको सामना गर्ने सामर्थ्य आफूसँग रहेको

चीनको प्रस्ताव ” विश्व सभ्यता पहल” माथि काठमाडौंमा विमर्श

  चिनियाँ राष्टपति सि जिनपिङले सन् २०२३ मा प्रस्ताव गरेको ग्लोबल सिभिलाईजेसन इनिसियटिभ