पुल भत्कँदा हुलाकी सडक अबरुद्ध



हाम्रो इकोनोमि

आइतबार रातिदेखि परेको वर्षासँगै आएको बाढीका कारण भरतपुर, माडी, ठोरी हुलाकी सडक अवरुद्ध बनेको छ ।
इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारी अनुसार खहरे खोलामा आएको बाढीका कारण माडी नगरपालिका–३ र ६ जोड्ने रौतनी खोलाको पुल भाँच्चिदा सवारी आवागमन बन्द भएको हो ।

पुल भत्किँएसँगै भरतपुर माडी–ठोरी खण्डमा सवारी सञ्चालन हुन सकेका छैनन् । इलाका प्रहरी कार्यालयसँगै रहेको सो पुल बिहान ९ बजे भत्किएको प्रहरीले जनाएको छ । माडी क्षेत्रमा वर्षा नरोकिएका कारण खोलामा पानीको बहाब उच्च भएको छ ।

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले माडी क्षेत्रमा रहेका खहरे खोला बढेपछि रिउ नदीको बहाव उच्च भएको बताउनुभयो । नदीमा पानीको बहाव बढेसँगै स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आह्वान गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...