अन्न नउब्जाई लगाइएको ३७ रोपनी जग्गामा लागाईएको गाँजा नष्ट



हाम्रो इकोनोमि

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसर पारी जिल्ला प्रहरी कार्यालय डडेल्धुराले गाँजा फँडानी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जिल्लाका विभिन्न क्षेत्रमा रहेको ३७ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फँडानी गरी नष्ट गरेको जनाएको छ ।

गाँजा सेवनका कारणले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै आपराधिक क्रियाकलाप पनि हुने गर्दछ । जिल्लाका विभिन्न स्थानमा गरी करीब ३७ रोपनी क्षेत्रफलमा फैलिएको गाँजालाई फँडानी गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी गराउनुभयो ।

लागुऔषध नियन्त्रण तथा टोलटोलमा प्रहरी भन्ने अभियान र लागुऔषध दुरुपयोग तथा नियन्त्रण कार्यक्रमअन्तर्गत अमरगढी नगरपालिकाका विभिन्न वडामा पुगी सर्वसाधारणलाई जनचेतना मुलुक कार्यक्रमसमेत प्रहरीले गरिरहेको छ साथै समाजभित्र रहेको विकृति विसङ्गतिलाई हटाई समृद्ध समाजको निर्माणका लागि प्रहरी लागिपरेको प्रहरी नायब उपरीक्षक जोशीले बताउनुभयो । टोलटोलमा प्रहरी अभियानसँगै जिल्लाका विभिन्न स्थानमा रहेको गाँजा फँडानी गरिएको प्रहरीले जनाएको छ ।

टोलटोलमा प्रहरीले थालनी गरेको अभियानमा स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी र सर्वसाधारणले पनि सहयोग गरिरहेका छन् । अमरगढी नगरपालिकाको भालुमारे, तडिवाटा, चिरकिट्टे, भात्काडालगायतका क्षेत्रमा रहेका गाँजालाई फँडानी गरी प्रहरीले नष्ट गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...