भाडा माझ्न जाँदा वालिका बलात्कृत



हाम्रो इकोनोमि

महोत्तरी जिल्लाको औरही नगरपालिका–२ फुलबरिया गाउँकी एक बालिका घर नजिकै रहेको खोलामा भाँडा धुन गएका बेला बलात्कृत भएकी छिन् ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टका अनुसार आइतबार साँझ स्थानीयवासी एक १३ वर्षीया बालिका घर नजिकै भएर बग्ने जंघा खोलामा भाँडा धुन गएका बेला दुईजना युवकले सामूहिक बलात्कार गरेको आरोप लगाइएको छ ।

प्रहरी निरीक्षक भट्टका अनुसार स्थानीय १५ वर्षीय दुई युवा राकेश सदा र ऋतिक सदाले ती बालिकालाई बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन् ।

बालिका बलात्कार गरेको आरोपमा प्रहरीले ऋतिक सदालाई पक्राउ गरेको छ भने अर्का युवा राकेश फरार छन् । साथै, घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...

अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर निधन

    अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ ।...