पर्यटन व्यवसायीले धुर्मुस सुन्तली फाउण्डेशनलाई रु आठ लाख १५ हजार २३० आर्थिक सहयोग



पर्यटन व्यवसायीले धुर्मुस सुन्तली फाउण्डेशनलाई रु आठ लाख १५ हजार २३० आर्थिक सहयोग गरेका छन् ।

उनीहरुले एघारौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा मंगलबार वीर अस्पताल सरसफाइका लागि सो रकम सहयोग गरेका हुन् । ४२ जना पर्यटन व्यवसायीद्वारा संकलित रकम फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई हस्तान्तरण गरियो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले पवित्र उद्देश्यका साथ गाउँ–गाउँबाट आउने गरीब जनताले उपचार गर्ने वीर अस्पतालको वातावरण सुधारका लागि लागेको फाउण्डेशनलाई थोरै भएपनि पर्यटन व्यवसायीका तर्फबाट सहयोग गरिएको बताउनुभयो ।

फाउण्डेशनका अध्यक्ष धुर्मुसले वीर अस्पतालको एउटा छुट्टै महत्व रहेकोले त्यसलाई जीवन्त राख्न आफूहरुले वीर हस्पिटल सरसफाइ अभियान चलाएको वताउनुभयो । वीर अस्पतालको सरसफाइका लागि हालसम्म रु ४७ लाख खर्च भइसकेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
मनसुनमा लुगाहरूको सम्पूर्ण समाधान-माइडिया फ्रन्ट लोड वासर ड्रायर

    के तपाईंलाइ मनसुनको समयमा लुगाहरू सुकाउन समस्या भइरहेको छ, वर्ल्ड नम्बरवान

ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता

    ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी

पानी पर्ने मौसममा सि.जीको वासर एण्ड डाइयर वासिङ मेसिन लाभदायक

      वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र

भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्रीलाई अझै समय छ : महामन्त्री शर्मा

  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले