अर्जुनधारा नगरपालिका– ९ कालिस्थानको रेखा खोलामा पुल बन्यो



अर्जुनधारा नगरपालिका– ९ कालिस्थानको रेखा खोलामा पुल बनेपछि त्यस क्षेत्रका सर्वसाधारणलाई राहत मिलेको छ ।

पुल निर्माणसँगै शनिश्चरे माविमा अध्ययन गर्दैआएका विद्यार्थीलाई समेत विद्यालय आवागमनका लागि सहज भएको छ ।

अर्जुनधारा– १० कालिस्थानका बासिन्दा यसअघि रेखा खोलामा पुल नहुँदा निकै समस्यामा थिए । गत वर्ष आएको बाढीले रेखा खोलाको कज्वे भत्काएपछि त्यहाँका स्थानीयवासी खोला भएर हिँड्न बाध्य थिए ।

नगरपालिकाले चालू आवमा रु २५ लाख तथा बाँकी रकम आगामी आवको बजेटबाट परिपूर्ति गर्ने गरी पुल निर्माण गरिएको हो । पुल निर्माणको कूल लागत रु ५७ लाख ६२ हजार रहेको छ । स्थानीयवासीको समेत जनसहभागितामा रेखा खोलामा पुल निर्माण भएको अर्जुनधारा नगरपालिका– ९ का वडाध्यक्ष पुष्प प्रसार्इंले बताउनुभयो । पुल निर्माणका लागि स्थानीयवासीको रु सात लाख ३५ हजार लागत रहेको छ ।

पुल उद्घाटन समारोहमा पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष युवराज प्रसार्इंले पुलको आर्थिक आयव्यय प्रस्तुत गर्नुभएको थियो । पुलको लम्बाइ १० मिटर र चौडाइ छ मिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस
औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका

ट्यांकर चालक संघ र सरकारबीच सहमति

    नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच वार्ता सकारात्मकरूपमा टुंगिएको छ

काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव

    काठमाडौंका पेट्रोल पम्पहरू बन्द गरिएको छ । हिजो साँझबाटै पेट्रोल अभाव

मकवानपुर थानाभर्‍याङको तेस्रो ठूलो सबस्टेसन सञ्चालनमा

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४०० केभीको हेटौंडा सबस्टेसन उद्घाटन गरेका