बढी रकम लिने म्यानपावर व्यवसायी पक्राउ



स्वास्थ्य परीक्षण र प्रवेशाज्ञा प्रक्रियामार्फत सरकारले तोकेभन्दा धेरै रकम लिएर मलेसिया पठाउने म्यानपावर व्यवसायी पक्राउ परेका छन् ।

प्रहरीले मलेसिया जाने कामदारका लागि बायोमेट्रिक प्रणालीमार्फत तोकेभन्दा बढी शुल्क लिएर काममा पठाउँदै आएका ३५ संस्थाका ४२ व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउपर्नेमा बायोमेट्रिक प्रणाली नेपालमा भित्र्याएर काममा जाने नेपालीसँग करोडौँ रुपैयाँ असुल गर्ने वान स्टप सेन्टरका सञ्चालक राम श्रेष्ठलगायत ४२ जना रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख विश्वराज पोखरेलले गृह मन्त्रालयको आदेशानुसार उनीहरुलाई पक्राउ गरेको जानकारी दिनुभयो ।

पक्राउपर्नेमा कसमस मेडिकल सेन्टर गौशाला, एभरेष्ट हेल्थ होम सर्भिस प्रालि मध्यबानेश्वर, केआर मेडिकल सेन्टर वसुन्धरा, लालुपाते मेडिकल सेन्टर गौशाला, मन्जुश्री मेडिकल सेन्टर, भ्याली पोलिक्लिनिक गोँगबु, प्रशान्ति हेल्थ केयर सेन्टर जावलाखेल, सुब्बा प्याथोलोजी कुपण्डोल, सुधा पोलिक्निक र सनराइज पोलिक्लिनिक महाराजगञ्जका सञ्चालक रहेका छन् ।

यस्तै अनमोल मेडिकल सेन्टर सिनामंगल, स्वर्णीम मेडिकल सेन्टर सुन्धारा, वेलकेयर हस्पिटल रातोपुल, कुलेश्वर पोलिक्लिनिक कुलेश्वर, लालुपाते पोलिक्लिनिक पिंगलास्थानलगायत मेडिकल सेन्टरका सञ्चालक तथा कामदार रहेका छन् । प्रहरीले उनीहरुसँग भएका ल्यापटप र कागजातसमेत बरामद गरको काठमाडौँ परिसरका प्रमुख पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
मनसुनमा लुगाहरूको सम्पूर्ण समाधान-माइडिया फ्रन्ट लोड वासर ड्रायर

    के तपाईंलाइ मनसुनको समयमा लुगाहरू सुकाउन समस्या भइरहेको छ, वर्ल्ड नम्बरवान

ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता

    ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी

पानी पर्ने मौसममा सि.जीको वासर एण्ड डाइयर वासिङ मेसिन लाभदायक

      वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र

भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्रीलाई अझै समय छ : महामन्त्री शर्मा

  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले