मकालुको एयरको बेपत्ता विमान बाजुरामा भेटियो, चालक दलका दुवै सदस्य सकुशल



हाम्रो इकोनोमि

सुर्खेतबाट उडेर बेपत्ता भएको मकालु एयरको जहाज बाजुरामा भेटिएको छ ।  ।सुर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको छ ।

चालक दलका दुवै सदस्य सकुशल छन् ।  कार्गो सामान लिएर उडेको विमानमा चालक दलका दुई सदस्य मात्रै थिए ।सम्पर्कविहीन विमानले बाजुराको बगरमा आपतकालीन ल्यान्ड गरेको  छ।

सुर्खेतबाट बुधबार बिहान कार्गो सामान लिएर उडेको विमान सम्पर्कविहीन भएको थियो । सम्पर्कविहीन भएको केही समयपछि विमानले बाजुराको बगरमा आपतकालीन अवतरण गरेको हो ।

जहाज सुर्खेतबाट सिमिकोटका लागि उडेको थियो । जहाजले बाजुराको एक बगरमा आपतकालीन ल्यान्ड गरेको विमानस्थल स्रोतले बताएको छ । कार्गो सामान लिएर जहाज सुर्खेतबाट ६ बजेर १२ मिनेटमा सिमिकोटका लागि उडेको थियो । यसअघि, सन् २०१६ मा पनि मकालु एयरको विमान हुम्लाको सिमिकोट विमानस्थलमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा दुई जना घाइते भएका थिए । फाईल तस्बिर

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...