महिलाका मुद्दा माथी छलफल कार्यक्रम सम्पन्न



हाम्रो इकोनोमि

महिलाहरुलाई मात्र शशक्तिकरण गरेर नपुग्ने अब पुरुषहरुलाई चाही सवलिकरण गर्नुपर्ने आवाश्यकता भएको कुरा महिलाहरुले उठाउन थालेका छन ।

महिला र बालबालीकाको क्षेत्रमा विगत लामो समय देखी कार्यरत संथा विकल्प ज्ञान तथा विकास केन्द्र र महिलाका लागी महिला मञ्च संकल्पको संयुक्त आयोजनाामा सम्पन्न भएको महिलामा मुद्दाहरुमाथी छलफल तथा परामर्श कार्यक्रमाका सहभागी महीलाहरुल यस्तो बिचार रखेका थिए ।

महिला अभियानकर्ता रुपा चापागाँईले पुरुषहरुको मानसीकता कमजोर भएका कारण महिलाहरु माथी हिंसा दुव्र्यवहार गरेका हुन । आफ्नो भावना संवेग र आक्रोस लाई नियन्त्रण गर्न असमर्थ पुरुषहरुलाई सवलिकरण गर्दे उनिहरुको मानसीकता सोचाई र दुष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने कुरामा जोड दिईन । संस्थापक निर्देशक स्टेला तामाङको सभाध्यक्षतामा संचालीत कार्यक्रमामा स्थानीय निकायका प्रतिनिधि, प्रहरी वुत्त बौद्धका प्रतिनिधि, विभिन्न नगरपालीकाका महिला वडा सदस्यहरु, सामाजीक अभियान कर्ता सञ्चारकर्मी लगाएतको उपस्थिती रहेको थियो । स्थानीय स्तरमा महिलामाथी के कस्ता घट्ना घटिरहेका छन , आगामी दिनमा महिला तथा बालबालीकहरुलाई हिसा मुक्त कसरबिनाउने भन्ने बिषयमा छलफल गर्ने, सत्तिलय ब्यक्तिहरुबीच सहकार्य गरेर अगाडी बढ्नका लागी आयोजना गरीएको उक्त कार्यक्रमामा सभाध्यक्ष समेत रहेकी महिला नेतृ स्टेला तामाङले महिला सँधै समस्याको ठेलि होईन शक्तिको ज्योतीपुञ्जको रुपमा उत्रनुपर्ने बताउदै महिलाहरु हिम्मतका साथ अघि बढ्नुपर्ने कुरामा जोड दिएकी थिईन ।
उनले स्थानीयि तहमा महिलाहरुको प्रतिनिधित्व भएपछि फरकपन आउनुपर्ने धारण राख्दै महिलाहरुले घर सत्ता मात्र होईन राज्य सत्ता समेत उदाहरणीय रुपमा संचालन गर्नुपर्ने बताईन । हरेक तहमा निर्णय गर्ने कुराहरुमा महिला सहभागीता अनिवकर्य हुनुपर्ने कुरामा जोड दीदै बिद्यालयमा बालबकालीका भर्ना गर्दा मार्कसिट दिदा समेत बाबुको मात्र नभई आमाको नाम पनि अनिवार्य लेख्नुपर्ने बताईन । कार्यक्रमामा बुढानिलकण्ठ नगरपालीका ८ का वडा अध्यक्ष नवराज भट्टराईले कार्यक्रमाको उद्देश्य प्राप्तीका लागी शुभकामना ब्यक्त गर्दै परिवर्तनको सुरुवात घरबाटै गर्नुपर्ने बताउदै महिलासँग सम्बन्धित मुद्धाको समाधान तथा निरकरणका लागी आफु र आफ्नो वडा सदैव लागी पर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

त्यस्तै सामजिक अभियानकर्ता हेमा अधिकारी, पुष्पा राई, रेनुका श्रेष्ठ पार्वती कर्की, गोमा शिवभक्ती तथा महिला वडा सदस्यहरु तुलसा तिमल्सीना, दुर्गा फुयाँल, उमा थापा, बिन्दा सपकोटा, महाननगरीय प्रहरी वृत्त बौद्धका असई शुक्र राई लगाएतले मन्तव्य राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...

नेपालीको चिसो साथी बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर

  गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ— बिहान पकाएको...

आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा

    व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई...

‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न

  विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन,...