स्वीटजरल्याण्डको हिमालमा नेपाली झण्डा फर्फरायो



हाम्रो इकोनोमि

नेपालको पर्यटकीय सुन्दरतालाई स्वीटजरल्याण्डमा प्रचारप्रसार र प्रबर्धन गर्न स्विट्जरल्याण्डका हिमालहरुमा नेपाली झण्डा फहराइएको छ ।स्वीटजरल्यान्डका लागि पर्यटनदुतद्वय कमल भट्ट र आङ्ग तेञ्जिङ्ग शेर्पाको संयुक्त आयोजनामा सधैका वर्षहरुमा जस्तै यस पटक पनि स्वीसमा पर्यटन प्रबर्धन कार्यक्रम भएको छ ।गत मार्च ४ तारिखका दिन मेल्च्सी फ्रुटमा स्नो एंड फन कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा स्विट्जरल्याण्डमा रहेका नेपाली संघ संस्थाका प्रतिनिधि, पर्यटन ब्यबसायीसँग सम्बन्धित पर्यटन ब्यबसायीको उपस्थिति रहेको थियो ।

 

स्विट्जरल्याण्डको बहुसांस्कृतिक समुदायमा नेपाली समुदायको बढ्दो बिकास र प्रगतिलाई ध्यानमा दिएर नेपालको लागि पर्यटन भित्र्याउन कार्यक्रम गरिएको आयोजक कमल भट्टले बताए ।जाडो याममा विश्वका विभिन्न देशबाट हिउँ खेल्नको लागि हजारौ पर्यटक स्वीटजरल्याण्ड आउछन् । यहीँ समयलाई मध्यनजर गर्दै यहाँ रहेका नेपालीहरुले नेपाली झण्डासहित स्वीटजरल्यान्डका हिमालमा स्नो फन कार्यक्रम मनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...