चीनमा ‘नेपालको ऐना’ को प्रदर्शनी



हाम्रो इकोनोमि

चीनको च्यांगसु प्रान्तको छाङचौं महानगरमा कलाकार लिउ फिङ छिउले नेपाल सम्बन्धमा कोरेका चित्रको प्रदर्शन गरिएको छ ।

नेपाल भ्रमण गरी फर्किएपछि चार वर्ष लगाएर लिउले आफूले कोरेका ९० चित्रकला समावेश गरी लिउ हाइ सु ग्यालरीमा ‘मिरर अफ नेपाल’ (नेपालको ऐना) शीर्षकमा एकल चित्रकलाको प्रदर्शनी बुधबार सम्पन्न गरेका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टी छाङचौंँ महानगर समिति, संस्कृति, सञ्चार तथा प्रकाशन कार्यालय र च्याङ्सु कलाकार संघले आयोजना गरेको प्रदर्शनी पाँच दिनसम्म चलेको थियो । चित्रकला प्रदर्शनीका लागि छाङचौँ कलाकार संघ र अन्तरराष्ट्रिय मित्रताका लागि चिनियाँ जनसंघ छाङचौँलगायतले सहयोग पु¥याएका थिए ।

सन् २०१३ मा नेपाल भ्रमण गर्नुभएका लिउले चिनियाँ मसी, कुची र कागजमार्फत नेपालको रहनसहन, प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधतालगायत विषयलाई आफूले चित्रमा उतारेको बताए। चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले एक सन्देश पठाई कलाकार लिउको कलामा नेपालको संस्कृति, प्राकृतिक सौन्दर्य र विविध जनताको चित्रण गरिएको उल्लेख गरिएको छ ।

चिनियाँ कलाकार संघलगायत थुप्रै संघसंस्थामा आबद्ध ६८ वर्षीय लिउका चित्रले थुपै्र राष्ट्रियस्तरका पुरस्कार पाएका छन् । उहाँको चित्रकला चीनको राष्ट्रिय कला संग्रहालय, चिनियाँ केन्द्रीय ललितकला प्रतिष्ठानलगायत संस्थामा संग्रह गरिएका छन् । प्रदर्शनीका लागि अमेरिका, जापान, स्पेन, दक्षिण कोरिया, सिंगापुर, मलेसियालगायत देश पु¥याएका उहाँका चित्र विदेशमा पनि संग्रह गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...

अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर निधन

    अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ ।...