ऊर्जामा रुपान्तरणीय पहुँचको सुनिश्चिततामा जोड



हाम्रो इकोनोमि

काठमाडौँ । आधुनिक ऊर्जामा अतिकम विकसित मुलुकको पहुँच सुनिश्चित नहुँदा समृद्धितर्फको ती देशको यात्रा कठिन भएको संयुक्त राष्ट्रसंघीय व्यापार विकास सम्मेलन (अंकट्याड)को नवीनतम प्रतिवेदनले देखाएको छ ।

विश्वभर आज एकैपटक सार्वजनिक भएको सन् २०१७ को प्रतिवेदनले संसारभरका ४७ अतिकम विकसित देशलाई गरिबीको दुष्चक्रबाट मुक्त गर्न पर्याप्तमात्रामा ऊर्जामा पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएको छ । समग्रमा प्रतिवेदनले ऊर्जामा रुपान्तरणीय पहुँचको सुनिश्चिततामा जोड दिएको छ ।

दिगो, भरपर्दो र खरिद गर्न सकिने आधुनिक ऊर्जामा पहुँच विस्तार नगरेसम्म दिगो विकासका लक्ष्य हासिल हुन नसक्ने र अतिकम विकसित राष्ट्रका स्तरोन्नतिका चाहना पनि पूरा नहुने यथार्थ प्रतिवेदनले चित्रण गरेको छ ।

संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा विश्वका कुनै पनि मुलुक विकासका दृष्टिले पछि नपरुन् भन्ने उद्देश्यले दुई वर्षअघि दिगो विकासका १८ वटा लक्ष्य निर्धारण गरेको थियो । उक्त लक्ष्यअन्तर्गत सातौँ लक्ष्यका रुपमा अघि सारिएको आधुनिक ऊर्जामा सबैको पहुँच सुनिश्चित गर्नु चुनौतीपूर्ण भएको छ ।

प्रतिवेदनअनुसार विकासको सूचकका रुपमा ऊर्जाको उपयोगलाई लिइएको छ । उत्पादकत्व वृद्धिमा बिजुलीलगायत स्वच्छ ऊर्जाको प्रयोग हुनुपर्नेमा जोड दिइएको छ । नेपाललगायत एशियाका नौवटा अतिकम विकसित देशले ऊर्जाको उपयोग बत्ती बाल्ने, टेलिभिजन हेर्ने र मोबाइल चार्ज गर्नेजस्ता घरायसी एवं अनुत्पादक क्षेत्रमा उपयोग गरिरहेका छन् ।

प्रतिवेदनअनुसार विश्वका एक अर्ब मानिस बिजुलीको पहुँचभन्दा बाहिर छन् भने अल्पविकसित देशका ५७ करोड सर्वसाधारणले बिजुली बत्ती बाल्न पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
रित्तो सिलिन्डर बोकेर बालेन सरकारविरुद्ध प्रदर्शन

  खाना पकाउने ग्यास नपाउँदा विद्यार्थीले समस्या भोग्नुपरेको भन्दै नेविसंघले खाली सिलिन्डर बोकेर...

भदौ ९ देखि १४ सम्म भृकुटीमण्डपमा नाडा अटो सो आयोजना हुने

    अटोमोबाइल प्रदर्शनीको १८औँ संस्करणको नाडा अटो सो यही ९ देखि १४...

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्...

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

  नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम...